- २९ मंसिर २०७९, बिहीबार १८:४०
मंसिर २९, काठमाडौँ । शिक्षाक्षेत्रमा दलीय राजनीति अन्त्य र मौलिक हकमा रहेको निःशुल्क शिक्षाको प्रावधानलाई सुनिश्चित गर्नका लागि विद्यार्थी परिषद्ले माग गरेको छ ।
विहिबार विद्यार्थी परिषद्को केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मार्फत शिक्षा क्षेत्रमा देखिएको व्याप्त राजनीतिक विकृति, शैक्षिक निकायमा दलीय हस्तक्षेपको अन्त्य र मौलक हकमा उल्लेख गरेअनुसारको माध्यामिक तह सम्मको शिक्षा निःशुल्क गर्न परिषद्ले मागरे गरेको हो ।
पत्रकार सम्मेलनमा परिषद्ले केन्द्रीय कार्यकारिणी समिति बैठक मार्फत पारित गरेको दुई महत्वपूर्ण प्रस्तावहरू
प्रस्ताव क्रमाङ्क १ मा ः शिक्षाक्षेत्रको दलीय राजनीति अन्त्य र मौलिक हकमा रहेको निःशुल्क शिक्षाको प्रावधानलाई सुनिश्चित गरियोस् र
प्रस्ताव क्रमाङ्क २ मा ः युवाहरूमा बढ्दो दूव्यसनीको प्रभाव र सिमाक्षेत्रमा बढिरहेको घुसपैठको नियन्त्रणका लागि सरकार गम्भीर बनोस्
भन्ने शीर्षकको प्रस्तावहरू र केन्द्रीय समिति बैठकमा भएको निर्णयहरू सार्वजनिक गरेको थियो ।
परिषद्ले राष्ट्रिय महत्वका विभिन्न विषयमा चर्चा तथा योजनाको साथमा आफ्नो केन्द्रीय कार्यकारिणी समिति बैठक सम्पन्न गरेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।
परिषद्ले केन्द्रीय कार्यकारिणी समिति बैठकबाट सार्वजनिक गरेको निर्णयहरू यस प्रकार रहेका छन् ।
1 बैठकबाट शैक्षिक र समसामयिक विषयमा दुईवटा महत्वपूर्ण प्रस्तावहरू पारित भएका थिए ।
2 पौष १ र २ गते देवघाटधाममा संस्कृत विद्यार्थी सम्मेलन सम्पन्न हुनेछ ।
3 देशभर पौष ३ गते देखि १० गतेसम्म वृहत सदस्यता अभियान सञ्चालन गरिनेछ ।
4 फागुन ५ र ६ गते राष्ट्रिय शिक्षा कार्यशाला सम्पन्न हुनेछ जसमा आधारभूततहदेखि उच्चतहसम्मको शिक्षाको बारेमा चर्चा तथा नीतिगत छलफल हुनेछ ।
5 देशका २५ स्थानमा जनजाति विद्यार्थी बैठक सम्पन्न हुनेछन् ।
6 प्रदेश स्तरमा माघ महिनाभित्र नगर सचिव बैठक सम्पन्न हुनेछन् ।
7 आगामी चैत्र १८, १९ र २० गते धनगढीमा १२०० जना प्रतिनिधिहरूको सहभागितामा नवौँ राष्ट्रिय अधिवेशन सम्पन्न हुनेछ ।
8 अर्को केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुरमा सम्पन्न हुनेछ ।
9 देशभर विभिन्न समयमा विद्यार्थीका लागि रचनात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम सम्पनन हुनेछन् ।
10 माघ महिनामा काठमाडौँमा राष्ट्रिय मिडिया कार्यशाला सम्पन्न हुनेछ ।











प्रतिकृया दिनुहोस्