- २४ मंसिर २०७९, शनिबार १९:४१
मंसिर २४, काठमाडौं । विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समितिकाे बैठक ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरमा सम्पन्न भएको छ । साथै उक्त बैठकबाट राष्ट्रिय अधिवेशन चैत्र १८, १९ र २० मा सुदुरपश्चिम प्रदेशकाे धनगढीमा गर्ने निर्णय पनि गरेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।
भक्तपुरकाे बाेडेमा सम्पन्न भएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठकले ९ ओैँ राष्ट्रिय अधिवेशन यही चैत्र १८, १९ र २० मा सुदुरपश्चिमकाे धनगढीमा हुने केन्द्रीय समिति बैठकले घाेषणा गरेको हाे ।
मंसिर २२ , २३ र २४ गते सम्पन्न भएको बैठकमा विद्यार्थी परिषद्काे संगठनात्मक क्रियाकलापहरू अभ्यास वर्ग, छात्रा कार्य, मिडिया कार्यक्रम , सेवा कार्य, जनजाति विद्यार्थी कार्य, शिक्षा कार्यशाला, शिक्षक कार्य, स्वास्थ्य क्षेत्रकाे निरामय कार्य, कानुन विद्यार्थी कार्य , राष्ट्रिय स्तरकाे अभियानहरू जस्ता विषयहरूकाे एजेन्डा तय गरेर संचालन भएको थियोे ।
बैठकमा ती विविध विषयहरूमाथि केन्द्रीय समितिका सदस्यहरू बिच बृहत् रूपमा बहस र छलफल गरेर परिषद्ले महत्त्वपूर्ण कार्ययोजना सहीत निर्यणहरू समेत गरेकाे छ । बैठकमा दुई देशकाे वर्तमान समस्याहरू, सकारात्मक उपलब्धिहरूलाई समेटेर समसामयिक प्रस्ताव र शैक्षिक क्षेत्रमा सुधारका लागि विशेष शैक्षिक प्रस्ताव समेत पारित गरेको छ ।
बैठकले राष्ट्रिय संस्कृत विद्यार्थी सम्मेलन पाैष १ र २ मा देवघाट धाममा, राष्ट्रिय शिक्षा कार्यशाला काठमाडौंमा, सदस्यता अभियान पाैष ३ देखि १० गते सम्म संचालन गर्ने, राष्ट्रिय मिडिया कार्यशाला काठमाडौं माघ महिनामा संचालन गर्ने विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपानेले समापन सत्रमा घाेषणा गरेका थिए ।
भक्तपुरकाे बाेर्डेमा सम्पन्न भएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा देशभरबाट ४८ जना केन्द्रीय समितिका राष्ट्रिय पदाधिकारीहरू र केन्द्रीय सदस्यहरू, उद्घाटन सत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह, विशिष्ट अतिथि खअखिल भारतीय विद्यार्थी परिषद्का राष्ट्रिय संगठन मन्त्री आशिष चाैहान, क्षेत्रिय संगठन मन्त्री निखिल रन्जन लगायत समाजका महत्त्वपूर्ण व्यक्तिहरूकाे विशेष उपस्थिति रहेकाे विद्यार्थी परिषद्ले जनाएको छ ।
साथै बैठककाे अन्तिम दिन मंसिर २४ गते ललितपुरमा रहेकाे डिएभी स्कुलमा समाजका प्रबुध नागरिकहरूकाे उपस्थितिमा बृहत् नागरिक अभिन्नदन समारोह पनि गरेकाे छ ।
देशभरबाट उपस्थिति भएका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूलाई काठमाडौं उपत्यकाका प्रबुध नागरिकहरूले स्वागत समितिकाे माध्यमबाट अभिन्नदन गरेकाे छ । समारोह अभिन्नदन समारोहका अध्यक्ष एवम् डिएभि स्कुलका संचालक अनिल केडियाले विद्यार्थी परिषद्काे कार्यलाई उच्च प्रशंसा गर्दै निरन्तर साथ र सहयोग गरिरहेकाे कुरा उल्लेख गरेका थिए । त्यसैगरी स्वागत समितिका सचिव एवम् पूर्व एस.एस .पी शम्भु उप्रेतीले आज बालबालिका,युवा र विद्यार्थीहरूले विस्तारै आफ्नो संस्कार संस्कृति विर्सिदै गइरहेकाे र पाश्चात्य संस्कृति अपनाई रहेकाेले समाज अर्को दिशा तर्फ गएकाे चिन्ता व्यक्त गरेका थिए । साथै समाजलाई त्याे दिशामा जानका लागि राेक्न परिषद्ले गरेकाे कार्य अत्यन्तै सराहनीय भएको उल्लेख गरेका थिए ।












प्रतिकृया दिनुहोस्