Tag: प्रावि तह
शिक्षक सेवा आयोग प्राविको नतिजा सार्वजनिक
काठमाडौँ- शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ। आयोगले विभिन्न मितिमा परीक्षाको नतिजा सार्वजनिक गरेको हो। गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषय) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ। लिखित परीक्षामा सफल उम्मेदवारलाई आयोगले अन्तर्वार्तामा बोलाएको छ। आयोगले सबै जिल्लाको नतिजा प्रकाशन गरिसकेको छ ।
पूरा पढ्नुहोस्







