Tag: टिकटक
सशर्त टिकटक खुलाउने सरकारको निर्णय
काठमाडौं : सरकारले टिकटक खुलाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्तसहित टिकटक खुलाउने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार टिकटकले तीन महिनाभित्र आवश्यक मापदण्ड पूरा गर्नुपर्नेछ। तीन महिनाभित्र प्रक्रिया पूरा नगरे पुनः बन्द गर्ने शर्त राखिएको ती मन्त्रीको भनाइ छ। सरकारले आजैदेखि टिकटक खुलाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले २०८० कात्तिक […]
पूरा पढ्नुहोस्
प्रतिबन्धपछि टिकटक चले/नचलेको अनुगमन गर्न समिति गठन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक प्रतिबन्धको अवस्था अनुगमन गर्न समिति गठन गरेकाे छ । प्राधिकरणको शुक्रबार बसेको बैठकले प्राधिकरणका निर्देशक विजयकुमार रायको संयोजकत्वमा चार सदस्यीय प्राविधिक समिति बनाएको हो । समितिको सदस्यमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आइस्पान)का अध्यक्ष सुधीर पराजुली, सञ्चार मन्त्रालयका प्रतिनिधि र सदस्यसचिवमा प्राधिकरणकी उपनिर्देशक रोजाकिरण बासुकला रहेका छन् । यस समितिले टिकटक […]
पूरा पढ्नुहोस्
दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, २४ घन्टामा टिकटक बन्द हुने दाबी
कात्तिक २७, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।
पूरा पढ्नुहोस्
रुसी हमलापछि भाइरल बनिन् युक्रेनी टिकटक स्टार
फागुन २३, काठमाडौँ । युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा भाइरल छिन् । आमरुपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिन्, जसरी अन्य युवायुवती गर्छन् । गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर मात्रै थिए । उनी आमरुपमा आफ्नो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिन् । रुसले जब युक्रेनमाथि […]
पूरा पढ्नुहोस्







