Tag: केपी ओली प्रधानमन्त्री

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खोल्न तयार भएनन् प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथिको जारी प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमाथि जारी प्रतिबन्ध फुकुवा गरिनुपर्ने धारणा राखेका थिए । तर, प्रधानमन्त्री ओलीले सरकारको निर्णय सही रहेको भन्दै निर्णयमाथि पुनर्विचार गर्न नसकिने धारणा राखेका एक मन्त्रीले जानकारी दिए । यसबारे पौडेलले […]

पूरा पढ्नुहोस्

कसैको वैशाखीविना एक भएर स्ववियु निर्वाचनमा उत्रन अनेरास्ववियुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २५ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्ववियु निर्वाचनमा कसैको वैशाखीविना एकताबद्ध भएर मैदानमा उत्रिएर विजय हासिल गर्न विद्यार्थी सङ्गठन अनेस्ववियुलाई आग्रह गर्नुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियुु)ले आशन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा आज एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै […]

पूरा पढ्नुहोस्

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताएका छन् । महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा […]

पूरा पढ्नुहोस्

छिमेकी मुलुुकसँगका समस्याबारे खुलस्त संवाद गरेर समाधान गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौँ, १० भदौ । प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने बताउनुुभएको छ । पूर्व उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै मजबुत बनाउने बारेमा छलफल भएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।  

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले पाए संसदबाट दुई तिहाइको विश्वास, अब के हाेला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत पर्‍यो भने एक मत तटस्थ रह्यो । संसदमा आइतबार २६३ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले लिए शपथ

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिएका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाए । प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका […]

पूरा पढ्नुहोस्

केपी ओली प्रधानमन्त्रीमा नियुक्त, भोलि बिहान ११ बजे शपथ

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रतिनिधिसभाको दुईवटा प्रमुख दल कांग्रेस र एमालेका सांसदको समर्थनमा संविधानको धारा ७६(२) अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई मुलुकको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण भोलि हुने भएको छ। राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री ओलीको शपथग्रहण समारोह भोलि बिहान ११ बजेका लागि आयोजना गरेको छ। ओली […]

पूरा पढ्नुहोस्