काठमाडौं/१५ मंसिर–शिक्षक सेवा आयोगले खुला प्रतियोगात्मक अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको २०७८ चैत १७ र २०७९ असार ११ गते लिइएको खुला प्रतियोगात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी विषयको खुला प्रतियोगात्मक लिखित परीक्षा निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । साथै परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको क्रममा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।

यहाँबाट हेर्नुहोस नतिजा :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=239&fn=eng%205%20pradesh%20result%2012-2-2022.pdf