- ३१ भाद्र २०७९, शुक्रबार १९:५०
भदौ ३१, काठमाडौं । नीजि कलेजका संचालकहरूले नेपालका विश्वविद्यालयहरुले गुणस्तरमा ध्यान नदिएको आरोप लागएका छन् । आज कलेज रिडर्स र पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपालले “नेपालको उच्च शिक्षामा पोखरा विश्वविद्यालयको भूमिका कार्यक्रममा” बोल्दै गुणस्तरमा ध्यान नदिएको आरोप लागएका हुन ।
पोखरा विश्वविद्यालयको उपकुलपति प्रा.डा.प्रेम नारायण अर्यालले ब@ शिक्षाका लागि कुनैपनि सहमति नगरी अगाडी बढेको बताउँदै विश्वविद्यालयको पाठ्यक्रममा परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले पाठ्यक्रम परीमार्जन गर्ने काम भइरहेको समेत जानकारी दिए ।
अर्यालले आफु उपकुलपति भएर गइसकेपछि सम्बन्धन प्राप्त कलेजहरुमा कुनै समस्या नरहेको बताउँदै अनुसन्धानमा जोड दिन कलेजहरुलाई आग्रह गरे । विश्वविद्यालयले पनि अनुसन्धानलाई बढी महत्व दिइरहेको र शिक्षकले पनि शिक्षक हुनका लागि अनिवार्य अनुसन्धान गरेको हुनुपर्ने बताए ।
विश्वविद्यालयका रजिष्ट्रार डा. दिपक भण्डारीले आफु भित्तामा फोटो झुण्डयाउन मात्रै नगई केही काम गर्नका लागि गएको र त्यसै अनुरुप काम गरिरहेको बताए । आफुले लामो समयदेखि रोकिएर बसेका कामलाई सञ्चालन गरिरहेको समेत जानकारी दिए ।
सम्बन्धनको सवालमा बोल्दै विश्वविद्यालयको मुख्य आम्दानिको स्रोत भने कै सम्बन्धन रहेकोले सम्बन्धनका लागि आवेदन खुला गरिएको प्रष्ट पारे । उनले विश्वविद्यालयलाई राम्रो गर्छु, काम गर्छु भनेर लाग्दा गाली खाइने तर कामै नगरी भक्ता बाड्ने र तलब मात्रै खाने गरेर कार्याअवधि सकेर हिडे राम्रो भइने प्रवृत्ति रहेको भन्दै आफुले त्यसो नगर्ने बताए । उनले काठमाडौं बाहेक चितवन, बुटवल, हेटौंडा , धनगढीका क्षेत्रका कलेजहरूलाई पनि विश्वविद्यालयकाे सम्बन्धन दिने याेजना रहेकाे र साेही अनुसार २० वटा कलेजलाई सम्बन्धन दिन गईरहेकाे कुरा प्रष्ट पारे । एकोनका अध्यक्ष ई.गेहेन्द्रमान प्रधानले विश्वविद्यालयमा भातृ संगठन राखिएका कारणले भद्रगोल भएको धारणा राख्दै यस्तो प्रवृति राम्रो नभएको बताए । उनले नेपालका कलेजलाई सिट तोक्ने, अनुगमन गर्ने तर विदेशी विश्वविद्यालयलाबाट सम्बन्धन लिएर सञ्चालनमा रहेका कलेजलाई कुनै पनि नियम लागु नहुनु बिडम्बना रहेको बताए । साथै उनीहरुले विद्यार्थीलाई झुक्याएर भर्ना लिने गरिरहेको भनाई राखे ।
हिसानका केन्द्रीय अध्यक्ष रमेश शिलवालले राजनीतिक रुपपमा हचुवाको भरमा विश्वविद्यालय खोल्न नहुने बताए । उनले भने “अहिले भइरहेका पनि संख्यात्मक रुपमा एउटा पालिकालाई दुई वटा कलेज पुग्छ । तर गुणात्मक रुपमा समग्र शिक्षा क्षेत्रमा पुग्न सकेका छैनन् । यसका लागि हामीलाई कति जनशत्ति,
कुन कुन क्षेत्रमा आवश्यक छ त्यसको सरकारले नै अनुसन्धान गरेर अगाडि बढ्नु पर्छ ।”
त्यसैगरी विश्वविद्यालयमा समस्या रहेको बताउँदै निजी कलेजले दिएको गुणस्तरलाई विश्वविद्यालयले आफ्नो गुणस्तर भन्दै दाबि गरिरहेको बताए । उनले विश्वविद्यालयले त्यसरी दाबि गर्न नमिल्ने र कलेजले विश्वविद्यालय चलाए जस्तो देखिएकोले आफ्नो मोडेल बनाएर कलेजलाई व्यवस्थापन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिए ।
शिलवालले शुल्कमा समेत समानता नरहेको र एउटै कोर्समा कुनैले तीन लाखमा र कुनैले ८ लाखसम्म शुल्क लिने गरेकोले यसलाई विचार गरिनुपर्ने धारणा राखे । सम्बन्धनको सवालमा बोल्दै पुरानालाई धरासाई बनाएर नयाँलाई सम्बन्धन दिन नहुने बताए । उनले विदेशी कलेजले तीन वर्षे कोर्सलाई चार वर्षको बनाएर सञ्चालन गर्दा पनि विश्वविद्यालयले वास्ता नगरेको भन्दै आक्रोश व्यक्त गरे । साथै उनले नेपालका शिक्षा मन्त्रालयका पदाधिकारीहरू कमिसन र भ्रष्टाचारमा लिप्त भएर नेपालकाे शैक्षिक गुणस्तर बृद्धि गर्न नचाएकाे समेत आराेप लगाए । साथै ती व्यत्तिहरू सँग जुनसुकै ठाउँमा कसेर बहस गर्न तयार रहेकाे पनि बताए ।
पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ नेपालका अध्यक्ष नवराज पाण्डेले विश्वविद्यालयको मानसकिता विद्यार्थीलाई कसरी फेल गराउने निती रहेकोले समस्या उत्पन्न भएको बताए । उनले विदेशी विश्वविद्यालयको पिएचडीसम्मको सर्टिफिकेट नेपालमै बसी बसी किन्न पाइने बताउँदै यस्ता कार्यलाई रोक्नुपर्ने भनाई राखे ।
त्यसैगरी अहिलेका विद्यार्थी स्मार्ट भइसकेका तर प्रोफेसरहरु पुरानै भएकोले विद्यार्थीले लेखेको नबुझेर फेल गराइएको आरेप लगाए । “पछिल्लो समय प्रोफेसर आइटीसँग नजिक नरहेकोले नै शिक्षामा समस्या आएको हो उनले” भने ।










प्रतिकृया दिनुहोस्