- २३ श्रावण २०७९, सोमबार २२:१२
साउन २३, काठमाडौं । लामाे समय विदेशबसी स्वदेश फर्किएका समग्र रिटर्नीहरुको अपनत्व बोकेको साझा संस्था रिटर्नी माइग्रेन्ट नेपाल पाँचौ बर्षमा प्रवेश गरेकाे छ ।
साेही अवसरमा साेमबार रिटर्नीकाे कार्यालयमा गरिएको बार्षिक उत्सव भेटघाट कार्यक्रममा वैदेशिक राेजगार बाेर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले विदेशमा आर्जन गरेकाे सीप र पुँजी नेपालमै लगानी गर्न र उनिहरूलाई याँही बस्न सकारात्मक वातावरण निर्माण गर्ने र स्वदेशमै बस्नका लागि उत्प्रेरित गर्ने उदेश्यका साथ स्थापन गरिएको रिटर्नीहरूकाे साझ संस्था रिटर्नी माइग्रेन्टले छाेटाे समयमै महत्त्वपूर्ण कामहरू अगाडि बढाएकाे बताए ।
साथै राष्ट्रिय युवा परिषद्का निवर्तमान उपाध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङगेलले ” रिटर्नीहरू याे देशकाे महत्त्वपूर्ण र राष्ट्रलाई समृद्धिकाे दिशामा अगाडि बढाउने एक प्रमुख समूह भएकोले यसलाई सबै राजनीति दलहरूले साझा संस्थाकाे रूपमा लिनु पर्ने र संसद भवनमा पनि उनिहरूकाे विषयलाई बाेल्ने उनिहरूकाे समस्यालाई ओकालत गर्ने व्यत्ति र राजनीति नेतृत्व आवश्यक भएको उल्लेख गर्दै पाँचौ बर्ष पुगेकाेमा शुभकामना व्यत्त गरेका थिए । रिटर्नीका अध्यक्ष उत्तम अधिकारीले स्थापना दिवस मनाइरहदा यस अभियानमा शुरुवाती दिनदेखि विभिन्न योगदान पुर्याउनु भएका सबैलाई सम्झना गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
बार्षिक उत्सव कार्यक्रममा राष्ट्रिय युवा परिषदका निवर्तमान उपाध्यक्ष माधब ढुङ्गेल र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ, सल्लाहकार समितिका अध्यक्ष पुरन बहादुर आचार्य, सल्लाहकारहरु राजेन्द्र प्रसाद देवकोटा, चन्द्र कुमार महतारा, चन्द्र सिंह अदै लगायत संस्थाका पदाधिकारी तथा सदस्यहरूकाे विशेष उपस्थिति भएको थियोे ।










प्रतिकृया दिनुहोस्