- २४ बैशाख २०७९, शनिबार २३:१२
वैशाख २४ काठमाडाैँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल त्रिभुवन विश्वविद्यालय इकाई समिति त्रिभुवन विश्वविद्यालय प्राङगणलाई सरसफाइ गर्ने अभियानमा लागेकाे छ ।
विश्वविद्यालय प्राङगण भित्र रहेकाे फाेहाेर र परिसरमा जथाभावी फालिने फाेहाेरलाई व्यवस्थित गर्ने र विश्वविद्यालयलाई सफा र सुन्दर विश्वविद्यालय बनाउने उदेश्यका साथ विद्यार्थी परिषद् त्रिवि इकाईले गत हप्तादेखि सरसफाइ अभियान सुरू गरेकाे हाे ।
प्राज्ञिक त्रिवि इकाई समितिले नियमित रूपमा त्रिवि परिसर सरसफाइ गर्ने कार्यक्रम बनाएकाे र साेही अनुरूप दाेश्राे श्रृङखला अन्तरगत त्रिवि शिक्षा शास्त्र संकाय तथा सिनास परिसरकाे फाेहाेर व्यवस्थापन गरेकाे त्रिवि संयाेजक सुरेन्द्र भट्टराईले जानकारी दिनु भएको छ । प्राज्ञिक विद्यार्थी परिषद् त्रिवि इकाईले हरेक शनिबार विश्वविद्यालयमा सरसफाइ अभियान कार्यक्रम संचालन गर्ने याेजना बनाएकाे छ ।










प्रतिकृया दिनुहोस्