- ३० श्रावण २०८२, बिहीबार १९:२७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७९ चैत / २०८० बैशाखमा सम्पन्न मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतको चार वर्षे स्नातक तह (B.A.) तेस्रो वर्ष २०८० शैक्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
नतिजा विश्वविद्यालयको केन्द्रीय परीक्षा संचालन समितिको निर्णयअनुसार प्रकाशित गरिएको हो। साथै, विश्वविद्यालयले संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०४९ को नियम ६६ को उपनियम १(२) अनुसार परीक्षामा अनियमितता गरेको प्रमाणित भएका परीक्षार्थीलाई २०८१ सालसम्मका लागि परीक्षा दिन निषेध गर्ने निर्णय गरेको छ।
उक्त परीक्षाको नतिजा http://result.tuexam.edu.np मा हेर्न सकिने व्यवस्था गरिएको छ। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित नतिजामा कुनै त्रुटि वा अन्य कारणबाट भएको गल्तीका लागि कार्यालय जिम्मेवार नहुने स्पष्ट गरेको छ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्