- १७ असार २०८२, मंगलवार २०:००
काठमाडौं, असार १६ । काठमाडौंको कोटेश्वर चोकमा अवस्थित न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको हिमालय कलेजले कक्षा ११ (प्लस टु) भर्ना खुलाएको छ। कलेजले विज्ञान, व्यवस्थापन, कानून र मानविकी संकायमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि न्युनतम शुल्कमा नयाँ भर्ना प्रक्रिया प्रारम्भ गरेको हो।
‘शेप योर फ्युचर विथ हिमालय कलेज’ भन्ने नारासहित कलेजले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकको समुहमार्फत विद्यार्थीको शैक्षिक भविष्य उज्वल बनाउने लक्ष्य राखेको कलेजले विगत २५ वर्षदेखि गुणस्तरीय र उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आइरहेको छ ।
कलेजले २०८२ साल असार २२ गते आइतबारको दिन प्रवेश परीक्षा सञ्चालन गर्ने जानकारी दिएको छ। परीक्षा बिहान ८ बजे पहिलो सिफ्ट र ११ बजे दोस्रो सिफ्टमा सञ्चालन हुनेछ।
विद्यार्थी तथा अभिभावकहरूले समयमै आवेदन दिन र प्रवेश परीक्षामा सहभागी हुन कलेज प्रशासनले अनुरोध गरेको छ। आवेदन प्रक्रिया, प्रवेश परीक्षा तथा थप जानकारीका लागि कलेजको वेबसाइट http://www.himalayacollege.com हेर्न सकिनेछ।
सम्पर्क विवरण:
स्थान: कोटेश्वर चोक, काठमाडौं
फोन: ०१-४६१०३२०, ४६१०२९५, ९८०८१६२२६३
हिमालय कलेज विगत केही वर्षदेखि कक्षा ११ र १२ को शिक्षामा उत्कृष्ट नतिजा ल्याउने शिक्षालयमध्ये एकका रूपमा चिनिँदै आएको छ।










प्रतिकृया दिनुहोस्