- १३ जेष्ठ २०८२, सोमबार १९:३३
पाेखरा, जेठ १३ । ‘सेवा र विकासका लागि युवा’ संस्थाले ओरेगन नेपाली समाज, अमेरिकाको आर्थिक सहयोगमा देशभर गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरिरहेको छ।
संस्थाले हालै कास्की जिल्लाको पोखरास्थित श्री सितलादेवी सामुदायिक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सम्राट बराललाई एक सय अमेरिकी डलर बराबरको छात्रवृत्ति प्रदान गरेको छ।
संस्थाका अनुसार हालसम्म काठमाडौं, विराटनगर, जनकपुर, चितवन, नवलपुर, पोखरा, बुटवल, सुर्खेत, हुम्ला, कञ्चनपुर लगायतका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।
संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। छात्रवृत्तिबाट शिक्षा प्राप्तिमा सहजता आउने र विद्यार्थीको मनोबल बढ्ने विश्वास गरिएको छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्