- ५ जेष्ठ २०८२, आईतवार १६:४८
काठमाडौँ- अमृत साइन्स क्याम्पस (अस्कल)को स्ववियूले क्याम्पसको हाताभित्र कुनै पनि उत्तेजक किमिसका विज्ञापन नगर्न र गरेको विज्ञापन हटाउन चेतावनीसहित सूचना जारी गरेको छ। स्ववियू अध्यक्ष रुद्रहरि पोखरेलले सूचना जारी गर्दै मसाज सेन्टर, स्पा, थेरापीलगायतको विज्ञापनले शैक्षिक वातावरणमा असर परेको भन्दै क्याम्पस क्षेत्रमा त्यस्ता विज्ञापन तत्काल हटाउन र नहटाएको खण्डमा कारबाही अघि बढाउने उल्लेख गरेका छन्।
‘अमृत क्याम्पसको सेरोफेरोमा विभिन्न आपत्ति जनक उतेजक र स्पाको पोष्टरहरु राखेकोले ति पोष्टर र विज्ञापनले शैक्षिक क्षेत्रको वातावरणमा नकारात्मक असर पर्ने देखिएकोले क्याम्पस सेरोफेरोमा कुनैपनी संस्थाले कुनैपनी आपत्तिजनक सामाग्रीहरुको विज्ञापन नगर्न नगराउन हार्दिक अपिल गर्दछु। त्यस्ता विज्ञापनहरु तत्काल हटाउन हुन यो सुचना जारी गरिन्छ। नहटेको खण्डमा स्वतन्त्र विधार्थी युनियनले आवश्यक कारबाहिको प्रक्रिया अगाडि बढाउने छ’, सूचनामा भनिएको छ।











प्रतिकृया दिनुहोस्