- २२ बैशाख २०८२, सोमबार ०७:०७
काठमाडौं । बुटवल बहुमुखी क्याम्पसले विद्यार्थीसँग पैसा उठाएर ठगी गर्ने एक विद्यार्थी नेतालाई निलम्बन गरेको छ ।
बीए चौथोँ वर्षमा अध्ययनरत विद्यार्थी एवं एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता विवेक कुँवरले विद्यार्थीहरुसँग भर्ना गरिदिने, फारम भरिदिने भन्दै पैसा उठाउने तर काम नगर्ने गुनासो र उजुरीपछि निलम्बन गरिएको हो ।
क्याम्पस प्रमुख डा. अरुणकुमार क्षत्रीले विज्ञप्ति जारी गर्दै उनलाई निलम्बन गरिएको र क्याम्पस प्रवेशमा समेत रोक लगाइएको जानकारी गराएका छन् ।
यस क्याम्पस बीए चौथोँ वर्षमा अध्ययनरत रोल नं १२० का विद्यार्थी विवेक कुँवरले विभिन्न नयाँ तथा पुराना विद्यार्थीहरुसँग भर्ना गरिदिने, परीक्षा फारम भरिदिने भनी निजहरुको कागजात र लाग्ने शुल्क वापतको रकम बुझी भर्नाका साथै फारम भरिदिने काम नगरेको भन्ने उजुरी प्रमाणित हुन आएकाले निज विद्यार्थीलाई क्याम्पसबाट निलम्बन गरी क्याम्पस प्रवेशमा रोक लगाइएको कुरा सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।










प्रतिकृया दिनुहोस्