- ३ चैत्र २०८१, आईतवार २३:३८
भरतपुर, चितवन। चितवनमा जारी प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौं राष्ट्रिय अधिवेशनको आज दोस्रो दिन विभिन्न कार्यक्रमहरू सम्पन्न गरि। चितवनको भरतपुर र नारायणगढ बजारमा विद्यार्थीहरूकाे एक शाेभा यात्रा निकालिएको थियोे । जसमा “ज्ञान, शिल, एकता: परिषद् को विशेषता, मेचीदेखि काली: हामी सबै नेपाली” हिमाल पहाड तराई काेही छैन पराई, भ्रष्टाचारि सावधान जागेका छन् नाै जवान, ठिक गर्छौ तीज काम प्रवेश परीक्षा परिणाम जस्ता दर्जनौं नाराहरू लगाउँदै विद्यार्थीहरूकाे शाेभा यात्रा निकालिएको थियोे ।
नारायणी नदिको किनारबाट शुभारम्भ गरिएको यात्रामा करिब चार किलोमिटर बजार परिक्रमा गर्दै भरतपुरकाे खुला मैदानमा देशभरबाट उपस्थित युवा विद्यार्थीहरूले भाषण भएका थिए। देशभरबाट सयौं कार्यकर्ताहरुको उपस्थितिले चितवनबाट राष्ट्रलाई स्वावलम्बन बन्न र सुशासनकाे बटाेमा अगाडि बढन प्रेरित गर्दै समाजमा सन्देश दिएको छ ।












प्रतिकृया दिनुहोस्