- २४ माघ २०७८, सोमबार ०८:०५
रुपन्देही । रुपन्देहीको तिलोत्तमाका रमेश पाण्डेले तराईमै स्याउ फलाउनु भएको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने स्याउ उहाँले तराईमा फलाउनु भएको हो। । ४ वर्ष अघि उहाँले तिलोत्तमा रहेको लुम्बिनी नर्सरीमा स्याउको बिरुवा लगाएर स्याउको परीक्षण गर्नुभएको थियो । विरुवा लगाएको पहिलो वर्षमै ४ वटा फल लागेको थियो । त्यस्तै दोस्रो वर्षमा १ सय स्याउँ फलेकोमा यस वर्ष एउटै बोटमा ३ सय देखि ४ सय सम्म स्याउ फलेको छ । विरुवा लगाएको ३ वर्षमा लटरम्म स्याउँ फलेपछि तराईमा पनि स्याउ फलाउन सकिने सफल परीक्षण भएको नर्सरी सञ्चालक पाण्डेले बताउनुभयो। लुम्बिनी नर्सरीमा उहाले ४ वर्षअघि भारतबाट विरुवा लिई मिलिङ भन्ने जंगली स्याउको बोटमा लो चिलिङ जातको बोटको कलमीबाट स्याउको बोट तयार गर्नुभएको थियो ।

८ सय देखि २ हजार मीटर उचाईसम्ममा यो लो चिलिङ जातको स्याउ व्यवसायिक रुपमानै उत्पादन गर्न सकिने उहाँले बताउनु भयो। अहिले देशका विभिन्न भागबाट आएर उहाको फर्म अबलोकन गर्नेको संख्या वृद्धि हुदै छ। केहि समय अगाडि सुदुर पश्चिम प्रदेश भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि बिकास निर्देशनालय तथा ज्ञान केन्द्रका प्रतिनिधिको टोलिले अबलोकन गरेको थियो, साथै गण्डकी प्रदेश शितोष्ण बागबानी बिकास केन्द्र मार्फा मुस्ताङबाट स्याउ बिज्ञहरुको टोलिले रुपन्देहीको लुम्बिनी नर्सरी एन्ड गार्डनमा तराइमा फल्ने स्याउ तथा बेमौसमी सयपत्री फुलको अबलोकन तथा जानकारी लिनुभएको थियो । उहाँले पनि तराईमा परिक्षण सफल भएको बिरुवालाई मुस्ताङ परिक्षण गर्ने सल्लाह दिनु भएको छ। अहिले थप पुष्प ब्यबसायमा थप अनुसन्धान गरि पुष्प ब्यबसायमा नयाँ आयाम थप्ने सोचमा उहाँ हुनुहुन्छ ।
अहिले उहाँको फर्ममा पुष्प व्यावसायिक क्षेत्रमा अध्यन अनुसन्धान गरि लुम्बिनी क्षेत्रकै अनुसन्धानको केन्द्र बनाउने तयारीमा रहेको उहाँ बताउनुहुन्छ । उहाँले विभिन्न फुलको बिक्रीवितरण हुँदै आएको उहाँले बताउनुभयो।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्