- १९ भाद्र २०८१, बुधबार ०८:४८
काठमाडौं, १९ भदौं-प्राध्यापक तथा विद्यार्थी आदानप्रदान गर्ने उदेश्यले मध्यपश्चिम विश्वविद्यालय, नेपाल र भारतको मध्यप्रदेशमा अवस्थित आइआइटी इन्दोरबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । मध्यपश्चिम विश्वविद्यालय सहकार्य तथा अध्ययन संस्थान सानेपाको बैठक हलमा आयोजित एक कार्यक्रममा दुई संस्थाका प्रमुखबिच समझदारी पत्र आदान प्रदान भएको थियो ।
उक्त समझदारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम र आइआइटी इन्दोरका तर्फबाट डाइरेक्टर प्रा. सुहाश एस. जोशीले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको तर्फबाट एमआइसिडीका कार्यकारी निर्देशक प्रा. डा. दिनेशराज भुजु र आइआइटी इन्दोरका तर्फबाट डीन प्रा. सोनावानीले आ–आफ्नो संस्थामा चलेका शैक्षिक तथा प्राज्ञिक कार्यक्रम र भैरहेका विभिन्न कार्यहरूको प्रगति प्रस्तुत गरेका थिए ।
उपकुलपति प्रा. डा. गौतमले दुई शैक्षिक संस्थाका बीच भएको सम्झौताका माध्यमबाट प्राध्यापक तथा विद्यार्थी आदानप्रदान हुनुका साथै अनुसन्धान र प्रकाशनका लागि सहकार्य र शैक्षिक भ्रमण मार्फत प्राध्यापक एवं विद्यार्थी लाभान्वित हुने बताए र साथै आपसी समझदारी तथा दुई पक्षीय सहयोग विस्तार हुने विश्वास रहेको कुरा व्यक्त गरेका थिए ।










प्रतिकृया दिनुहोस्