- २० श्रावण २०८१, आईतवार १४:०३
साउन २०, काठमाडौं । शिक्षा क्षेत्रको प्रतिनिधि मुलक पत्रिका छात्र विचारका सम्पादक एवं अनलाइन पत्रिका शिक्षा सञ्चारका सञ्चालक कृष्ण हुमागाईं कोटीहोममा सम्मानित भएका छन् ।
पवित्र पाशुपत् क्षेत्रमा साउन महिनाभर चल्ने कोटीहोम तथा ज्ञान महायज्ञका आयोजक समितिले हिमाल दृष्टि, शिक्षा सञ्चार, संवाद खबर, बौद्ध खबरलगायतका मिडिया मार्फत् कार्यक्रमको प्रचार प्रसारमा महङ्खवपूर्ण योगदान पु¥याएकोमा दोसल्ला ओढाएर १८ पुराणद्वारा सम्पादक अधिकारी र हुमागाईलाई सम्मान गरिएको हो ।
कार्यक्रममा छात्र विचारका सम्पादक कृष्णप्रसाद हुमागाईंलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ । सम्पादक हुमागाईं शिक्षा सञ्चारका सञ्चालक समेत हुनुहुन्छ । शिक्षा सञ्चारले कोटीहोमको निरन्तर प्रचारप्रसार गर्दै आएको छ ।
समाजसेवी तथा धार्मिक व्यक्तित्व लेखक–प्रकाशक उद्धवकुमार घिमिरेको संयोजनमा डा.बद्री पोखरेलद्वारा लिखित १८ पुराणहरू र वेदप्रसाद पन्थद्वारा लिखित धार्मिक पुस्तकहरू हस्तान्तरण गरिएको थियो ।
हिन्दुत्व र नेपालको मौलिक धर्म–संस्कृतिको विकास तथा सांस्कृतिक जागरणमा हिमाल दृष्टिले विगत २३ वर्षदेखि पु¥याएको योगदानको कदर गर्दै ऐतिहासिक पशुपति कोटीहोम तथा महायज्ञमा हिमाल दृष्टि र छात्रविचारलाई सम्मान गरिएको तथा आजसम्म १८ वटा मिडियालाई १८ पुराणहरूले सम्मान गरिसकेको समेत संयोजक घिमिरेले जानकारी दिनुभयो । फोटो फिचर











प्रतिकृया दिनुहोस्