- २१ असार २०८१, शुक्रबार ०८:१८
काठमाडौँ । सुर्खेत मध्यपश्चिम विश्वविद्यालय मुसुम एल्मुनाईको आयोजनामा दोस्रो एमयू फेस्टिभल हुने भएको छ । शुक्रबार हुने फेस्टिभलमा चर्चित कलाकार सत्यराज आचार्य र स्वरूपराज आचार्यले आफ्ना प्रस्तुति दिनेछन् । महोत्सवमा विश्वविद्यालयका सात वटा ग्राजुयट स्कुल र मुसमसहित आठ वटा स्टलहरू रहनेछन् ।
कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय : शैक्षिक गुणस्तर सुधार र चुनौती विषयक अन्तरक्रिया राखिएको कार्यक्रम संयोजक सचिन तिमिल्सिनाले बताए । विश्वविद्यालयको प्रवर्द्धन, विश्वविद्यालयमा अध्ययनरत र पूर्वविद्यार्थीहरूबीचको सौहार्द्धपूर्ण सम्बन्ध स्थापित गर्नका लागि मुसुम फेस्टिभलको आयोजना गर्न लागिएको उनको भनाइ छ । उनले स्थानीय कला संस्कृतिको विकास गर्नुका साथै विद्यार्थीहरूको नेतृत्वकलाको विकास गर्ने उद्देश्य राखिएको व्यवस्थापक रेडपाण्डा ग्रुप अफ कम्पनीजका अध्यक्ष सन्जय योगीले जानकारी दिए ।
फेस्टिभलमा फोटो प्रदर्शनी, नृत्य प्रतियोगिता, अदालती अभ्यास, खाना परिकारलगायतका स्टल पनि रहनेछन् ।










प्रतिकृया दिनुहोस्