- ४ असार २०८१, मंगलवार ०६:४३
काठमाडौं। वैष्णव सम्प्रदायका श्रद्धालुले आँगनको मठमा मंगलबार तुलसीको दल राख्दैछन्।
वैदिक परम्पराका अनुयायी स्मार्त (स्मृति मान्ने)हरूले सोमबार नै तुलसीको दल राखेका थिए। पञ्चांगहरूले वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न निर्देश गरेका छन्।
यद्यपि एकादशी तिथि पूरै सोमबार नै थियो। मंगलबार सूर्योदयअघि नै द्वादशी तिथि लागेको छ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राखिन्छ। यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यो दिन राखेको दल बेर्ना तयार भएपछि एक आषाढ शुक्ल एकादशीका दिन रोपिन्छ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म तुलसीको पूजा गर्ने सनातन हिन्दु धर्मावलम्बप्को परम्परा छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्