- २ पुष २०७८, शुक्रबार ०८:४४
काठमाडौ । त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले नतिजा प्रकाशित गरेको छ ।
त्रिभुव विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुद्धारा सेमेष्टर प्रणाली अन्तर्गत ग्रेडिङ्ग सिस्टम अनुसार २०७८ साल भाद्र महिनामा सञ्चालन भएको स्नातकोत्तर तहको नतिजा प्रकाशित गरेको हो ।
प्रकाशित सूचना अनुसार स्नातकोत्तर तह गणित विषय दोश्रो वर्ष तेश्रो शत्र २०७५ समूहको नियमित तथा सोही शत्रको सो भन्दा अगाडीका समूहको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थान, परीक्षा सञ्चालक समितिको निर्णय अनुसार नतिजा प्रकाशित भएको सूचनामा उल्लेख छ ।
सो परीक्षामा निम्नांकित क्रमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएको उल्लेख छ । लब्धांक पत्र सम्बन्धित केन्द्रीय विभाग क्याम्पसबाट प्राप्त हुने सूचनामा भनिएको छ ।
परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उदेश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याउने व्यहोरा अवगत गराइन्छ सूचनामा भनिएको छ ।
पुनर्योग गर्न चाहाने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिन भित्र पुनर्योगको लागि आवेदन दिइ सक्नुपर्ने छ सूचनामा भनिएको छ । सूचना तल पढ्नुहोस् ।











प्रतिकृया दिनुहोस्