- २२ मंसिर २०८०, शुक्रबार १९:११
अखिल भारतीय विद्यार्थी परिषद्काे राष्ट्रिय अध्यक्षमा डा. राजशरण शाही र महासचिवमा याज्ञवल्क्य शुक्ल निर्वाचित भएका छन् ।
यहीँ डिसेम्बर ७, ८, ९ र १० गते सम्म संचालन हुने ६९ ओैँ राष्ट्रिय अधिवेशनकाे निर्वाचन सत्रमा निर्वाचन अधिकृत डा. छगन भाइपटेलले राष्ट्रिय अध्यक्ष र राष्ट्रिय महासचिवकाे मत परिणाम सहीत डा.राजशरण शाही र याज्ञवल्क्य शुक्ल निर्वाचित भएको घाेषणा गरेका थिए ।
भारतकाे दिल्ली स्थित इन्थप्रस्थान नगरमा सञ्चालन भइरहेको विश्वका सबै भन्दा ठुलो विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्काे ६९ ओैँ राष्ट्रिय अधिवेशनमा भारतभरबाट १० हजार भन्दाबढी विद्यार्थी प्रतिनिधि, शिक्षक, प्राध्यापक, पूर्व कार्यकर्ताहरू साथै विभिन्न देश र विशेषगरी नेपालबाट विविध विद्यार्थी संगठन, नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, प्राज्ञिक विद्यार्थी परिषद्, रा.प्र.पा विसंघ,लाेसपा विसंघका अध्यक्ष, र उपाध्यक्ष सहौत १०० जना भन्दा बढी विद्यार्थीहरूकाे सहभागीता रहेकाे छ ।










प्रतिकृया दिनुहोस्