- १२ आश्विन २०८०, शुक्रबार १८:४१
आश्विन १२, काठमाडौं । विप्लव कटवाल , पछिल्लो समयमा ॐ लाई शब्दकोषबाट हटाउने तयारी चलिरहेको र अदालतले पनि एमिकस क्युरिको माग गरेको छ कारण ॐ लाई शब्द नमानी कुनै चिह्न र प्रतिकको रूपमा लिइएको छ तर ॐ अ, उ र म तीनवटा अक्षरको संयोजकत्व बाट बनेको एउटा शब्द हो जसमा अ बाट आदि अर्थात ब्रमा उ बाट उन्नति अर्थात विष्णु र म बाट मृत्यु अर्थात महेश्वर भन्ने हुन्छ।
ॐ लाई शब्दको रूपमा लिनुको औचित्य के छ??
कुनै पनि शब्दलाई शब्दकोषमा त्यसकारण राखिन्छ जुन शब्द उच्चारण गर्दा ध्वनि पैदा हुन्छ।ध्वनि बिनाको शब्द को कुनै अर्थ र औचित्य हुदैन र ॐ शब्द आफै ध्वनि पनि हो किनकी यो ब्रह्माण्ड संग सम्बन्धित भएकोेले हावा बहँदा होस या पानी बग्दा एक किसिमको ध्वनि सुन्न सकिन्छ तर त्यसका लागि अभ्यासको आवश्यकता पर्दछ। यो हिन्दु धर्मावलम्बी संग मात्र सम्बन्धित नभइ अन्य धर्मावलम्बी हरुले पनि उत्तिकै मात्रामा प्रयोग गर्दछ्न।हिन्दुहरुले विशेष मन्दिर हरुमा ॐ नम शिवाय! अर्थात म नै शिव हुँ त्यसैगरी हरि ॐ र ॐ नमो नम: बढी मात्रामा उच्चारण गर्दछ्न भने बुद्दिष्ट हरुले ॐ माने पेमे हुँ अर्थात माने भनेको मणि र पेमे को अर्थ हुन्छ कमलको फुल बढी मात्रामा प्रयोग गर्दछ्न।
ॐ ले विशेष के लाई जनाउछँ??
यसले विशेष आत्माको अभिव्यक्तिको चारवटा अवस्था लाई जनाउँछ जसलाइ चतुष्पाद भनिन्छ। पहिलो: जागृत अवस्था अर्थात ब्युउझिएको अवस्था जसमा मनोरञ्जन, हासोमजाक इत्यादी पर्दछ्न भने दोस्रो: स्वप्न अवस्था जसमा सपना पर्दछ र तेस्रो: सुषुप्त अवस्था अर्थात् निन्द्रा जसमा आनन्द पर्दछ त्यसैगरि अन्त्यमा: तुरिय अवस्था जसमा शान्त परम ज्ञान आदि पर्दछ्न। त्यसैले हिन्दु धर्म, दर्शन र अध्यात्मको अनुसार ॐ को प्रयोगबाट सिङ्गो सन्सारको अवलोकन गरेर आध्यात्मिक दर्शनको माध्यम बाट पुर्णतह ज्ञान मार्गमा प्रबेश गर्न सकिन्छ।
ॐ सहित विभिन्न भाषालाई क- कसले ध्वस्त पार्न खोजिरहेका छ्न त?
नेपाली अनुहारका बिदेशी दलाल तथा विदेशीहरुले ठुलो मात्रामा रकम गोरखा पत्र सस्थान, नेपाल प्रज्ञा प्रतिष्ठान, पाठ्यपुस्तक विकास केन्द्र र त्रिभुवन विस्वबिध्यालय मा लगानी गरेका छ्न जसका कारण गोरखा पत्रले धेरै शब्द हरु हटाइ पत्रीका प्रकाशित गरेको छ भने अन्यले हरेक शब्दको गलत अर्थ निकाली वा शब्दहरुलाइ नै हटाउने र प्रमाण मेटाउने खालको गतिविधि रहेको छ। र त्रि.वि का केही व्याक्तिहरुले एकातिर तलब र अर्काेतिर विदेशबाट कमिशन लिएर दोहोरो नाफा लिइरहेको अवस्था छ त्यसैगरी प्रज्ञा प्रतिष्ठान आफैमा विभिन्न, भाषा, सँस्कार, शभ्यता, लिपि,साहित्य र वर्णविन्यास लाई संरक्षण गर्नुपर्ने सट्टामा २०७२ सालमा बृहत् शब्दकोष सार्बजनिक गर्यो त्यसमा ॐ सहित १४००० वटा शब्दहरूलाई हटाइएको छ।
कुन कुन माध्यम प्रयोग भएका छ्न?
विभिन्न भाषा र लिपिहरु जस्तै देवनागरी लिपि, रन्जना लिपि र शिर्जना लिपि आदिलाई निम्न ५ वटा माध्यम बाट पुर्णतया सखाप पार्ने प्रयास हरु भइरहेको पाइन्छ।।१.झररो वाद २.सरल र प्रवृत्तिमैत्री ३.इम्बोस्ट नं ४.युनिक कोड र अन्त्यमा मध्यम मार्ग पर्दछ्न।। अबको लगभग १० बर्ष भित्रमा नेपाली भाषा, लिपि, बेदका मन्त्रहरु,पुराना साहित्यकार हरुका रचना र कृतिहरु आदिलाइ ध्वस्त बनाएर तथ्य लाई हटाएर कथ्य मात्र राख्ने प्रयास र षड्यन्त्र भैरहेको पाइन्छ।।










प्रतिकृया दिनुहोस्