- ३१ जेष्ठ २०८०, बुधबार ०८:३४
जेठ-पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई कालोमसो दलिएपछि विश्वविद्यालय संकायका डिनहरुले विरोध गरेका छन् । अध्यक्षको निवासमै पुगेर शारीरिक दुव्र्यवहार गरेको भन्दै विरोध गरेका हुन ।
व्यवस्थापन संकाय, कला, कनुन तथा शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधि संकाय, ईन्जिनियरिङ संकाय र चिकित्साशास्त्र संकायका डिनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै अध्यक्षमाथी भएको दुव्र्यवहारको विरोध गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘विश्वविद्यालय जस्तो गरिमामाय संस्थामा कुनै पनि समस्याको समाधान वार्ता र छलफलको माध्यमबाट हुनुपर्दछ भन्ने सर्वव्यापी मान्यता रही आएको सन्दर्भमा विश्वविद्यालयको सम्मानित पदाधिकारीलाई निजको निवासमा गएर शारीरिक दुव्र्यवहार गरिएको घटना प्रति घोर भत्सर्ना गर्दछौं ।’
शैक्षिक संस्थाका जिम्मेवार पदाधिकारीमाथि भएको गैरशैक्षिक क्रियाकलापले विश्वविद्यालयको गरिमा आँच आउनुका साथै पदाधिकारीलाई प्राज्ञिक गतिविधि निर्वाधरुपमा अगाडी बढाउन हतोत्साहीत बनाएको डिनहरुको भनाई छ ।
साथै विश्वविद्यालयमा गरिएको तालाबन्दी अबिलम्ब खुलाउन र परीक्षाको नियमितताको लागि उपयुक्त वातारण तयार गर्न सबै सरोकारवालाहरुसँग विश्वविद्यालय संकायका डिनहरुले आग्रह गरेका छन् ।
आफ्ना माग सम्बोधन नभएको भन्दै पूर्वाअञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई महेशराज दाहाललाई उनको निवासमै पुगेर विद्यार्थीहरुले जेठ २९ गते कालोमोसो दलेका थिए ।










प्रतिकृया दिनुहोस्