- १८ फाल्गुन २०७९, बिहीबार २१:४४
फागुन १८, दाङ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनकाे तिमी घाेषणा भएसँग दाङको घाेराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरू स्ववियु चुनावकाे लागि स्वतन्त्र विद्यार्थी समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।
विगतमा पनि क्याम्पसमा अध्ययन गर्दै गर्दा विभिन्न किसिमको रचनात्मक कार्यक्रमहरू गर्दै आइरहेका विद्यार्थीहरूले आसन्न स्ववियु निर्वाचनका लागि स्वतन्त्र विद्यार्थी समूह बनाएर अगाडि बढी रहेका छन् । 
स्वतन्त्र विद्यार्थी समुहले स्ववियु सभापतिमा अभिषेक विष्ट, सचिवमा समिक्षा शर्मा, र काेषध्यक्षमा पूर्ण बहादुर मल्ललाई छनाैट गरिसकेको छ भने बाँकि सदस्यहरू छिटै टुंगो लगाउने समुहका एक सदस्यले बताएका छन् ।
हामीलाई कुनै एक राजनैतिक दलको भातृसाङ्गठनको प्रतिनिधित्व गर्ने नेतृत्व होइन हामीलाई त सम्पूर्ण बिश्वविद्यालयको बिद्यार्थीहरुका प्रतिनिधित्व गर्ने असल, ईमानदार, नैतिकवान, चरित्रवान नेतृत्वको आवस्यक छ भन्दै विद्यार्थीकाे मुद्दामा, शिक्षाकाे मुद्दामा अगाडि बढने नेतृत्व आजकाे आवश्यक रहेकाेले स्वतन्त्र विद्यार्थी समुह अगाडि बढिरहेको महेन्द्र बहुमुखी क्याम्पसका स्ववियु सभापतिका उम्मेदवार अभिषेक विष्टले जानकारी दिएका छन् ।
विष्टले क्याम्पस विश्वविद्यालयमा दलगत राजनीति विद्यार्थी संगठन भन्दा स्वतन्त्र रूपमा काम गर्ने विद्यार्थी नेतृत्व आवश्यक रहेकाेले यश अभियान अगाडि बढेकाे बताएका छन् ।










प्रतिकृया दिनुहोस्