- ११ फाल्गुन २०७९, बिहीबार १४:५५
पोखरा । माछापुच्छ्रे गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ८ र ९ कक्षाका छात्रालाई लक्ष्य गरी सेनिटरी प्याड बनाउने तालिम हाल सम्पन्न भएको छ । कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपालको आयोजना साथै माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा उक्त तालिम भएको हो । ११३ औं अन्तर्रास्ट्रिय नारी दिवसको सन्दर्भ पारेर लाहाचोकस्थित महेन्द्र माविको सभा हलमा उक्त तालिम भएको हो ।
पखेटा नेपालका प्रशिक्षक सुनिता खनालले गाउँपालिका भित्रका विभिन्न विद्यालयका २८ जना छात्रालाई तालिम प्रदान गरिएको छ । परिषद् नेपालका महिला संयोजक पूजा गिरीको संयोजकत्वमा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारी, शिक्षा संयोजक सम्झना पोखरेल, शिक्षा सहसंयोजक विष्णुप्रसाद अधिकारी, माछापुच्छे गाउँपालिका ४ का वडाध्यक्ष मधुसुधन अधिकारी, महेन्द्र माविका प्रअ जगन्नाथ अधिकारी लगायत उपस्थित थिए ।
कार्यक्रममा परिषद् नेपालका संयोजक विश्ववन्धु थापा केन्द्रीय सचिव लक्ष्मी गिरी, नेपाल च्याप्टर सहसंयोजक प्रकाशलाल श्रेष्ठ महिला सहसंयोजक सावित्री गिरी, नेपाल च्याप्टर सचिव हरिबहादुर ढकालको विशेष उपस्थिति थियो ।










प्रतिकृया दिनुहोस्