- २४ माघ २०७९, मंगलवार २०:१०
माघ २४, काठमाडौं । अर्जुन दाहाल
उसलाई बाल दिने पनि आए
नदिने पनि आए
उसलाई प्रश्न सोध्ने पनि आए
उत्तर सोध्ने पनि आए
उसको सल्लाह माग्ने पनि आए
उसलाई सल्लाह दिन पनि आए
उसको जीवन हेरी लिला देखाउन आए
लिला देखाउन नसक्ने पनि आए
धर्म गर्ने पनि आए
पाप गर्ने पनि आए
तर पनि उसलाई फरक परेन
किनकि कोई आत्माका शत्रु थिए
कोई शरीरका
उसको समय बर्वाद गर्ने पनि आए
उसको रमिता हेर्ने पनि आए
भाग्य लेखिदिन पनि आए
भाग्य मेटाईदिन पनि आए
किनकि उ, उ नै थियो
र देखियो
विधिको विधान
भगवान भन्दा परको
त्यसैले उसको खोजी भयो
किनकि खोजी अमुल्य कै हुन्छ
त्यसैले गर्दा
शत्रु सधैँ अमुल्य कुराको नै हुन्छ
मुल्यवानका लागि त धन सम्पत्ति नै काफी छ किन्नलाई।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्