- २० माघ २०७९, शुक्रबार १५:४०
माघ २०, काठमाडौं । अर्जुन दाहाल
मेरो बुबा
नेपाल विद्युत प्राधिकरणको कर्मचारी भएर
सेवा निवृत्त हुनु भयो
चार तह बाट ।
सुरुमा गौरादहमा केही थिएन
त्यति बेला गौरादह फ्युज शाखा खोलेर
यहाँ गौरादहको हाकिम हुनु भयो
गौरादहमा नचिन्ने कोही थिएन
गौरादहका साना ठूला सबैले चिन्थे
मान्थे
गन्दथे,
किनकि गौरादहको लागि उहाँ नै सबैथोक हुनुहुन्थ्यो
र उहाँले आफ्नो जिम्मेवारी
साँझ, बिहान, राति नभनी गर्नुभयो
दूरी र ऋतु नहेरी गर्नुभयो ।
कालान्तरमा
गौरादह फ्युज शाखा गौरादह प्रशाखमा परिणत भयो
उहाँको सम्मान
नयाँ हाकिमले पाए,
चिन्नेले त चिन्थे नै
तर ठूलाले ठूलै पद हेरे।
पुनः कालान्तरमा गौरादह प्रशाखा गौरादह वितरण केन्द्रमा परिणत भयो
र थपिए नयाँ हाकिमहरू
मेरो बुबालाई चिन्ने चिन्थे
तर गन्न धेरैले छोडे
साविकको तोपगाछी बाट गौरादह बसाइँ सरेका हामी
सायद अब स्थानिय भएर होला ।
यो कथा त एक प्रसङ्ग मात्र हो,
अनि मेरो बुबा एक पात्र
मानिस जहिल्यै सबैभन्दा ठूलो खोज्छ
मेरा बुबाले पनि सायद खोज्नुभयो
म पनि खोज्दछु
यदि सम्मकी हामी धर्ममा समेत
ठूला भनिएका महादेव र विष्णुको मात्र
अत्याधिक पूजा गरिन्छ
अन्य देवता चिल्लै।
थोरै प्रसङ्ग बदलौं
मेरो बुबा गौरादह फ्युज सेवामा कार्यरत रहँदा
धेरै वयस्क गौरादहका युवाहरु
विद्युत सम्वन्धी सिप सिक्न आउँदथे
आत्मनिर्भर बन्नलाई
कालान्तरमा मेरो बुबा कार्यालयकै कामले व्यस्त हुनु भयो
मलाई अचम्म लाग्दथ्यो
कुनै समयका त्यस्तो घनिष्ट मित्रहरू सँग
बुबाले बोलचाल र भेटघाट कसरी कम गर्नुभयो
मलाई खिन्न लाग्दथ्यो
अहिले आएर थाहा पाएँ
व्यस्तताको मतलब
सामाजिक सञ्जाल हुँदा समेत
मैले आफ्नो साथीभाइ सँग बोलचाल
र भेटघाट गर्न सकेको छैन
र घनिष्टता त्यही सँग हुन्छ
जो हरेक पल साथमा हुन्छ
सायद त्यसैले
मेरो बुबाले पाउने सम्मान दुब्लायो।
कुराहो २०६४ सालको संविधानसभाको निर्वाचन
मेरो बुबा पनि राजनीतिक दलको भाषण सुन्न सहभागी हुनु भयो
म पनि भए
किनकि मलाई बाइक कुदाउन मन थियो
सरकारी कर्मचारीले राजनीतिक क्रियाकलापमा भाग लिनु उचित त होइन
तर कानुनी ढाकछोप गर्दा
उहाँ गौरादह फ्युज शाखाका कर्मचारीको रूपमा
चुनावी सभामा सरकारलाई जानकारी गराएको कर्मसरह
अतिथि नभए प्रमुख अतिथि सरह हुनुहुन्थ्यो
किनकि
नेतालाई नामले चिन्थे
मेरो बुबा जो हरेक दिन गाँउ घरको विद्युत मर्मत गर्न हिँढ्नुहुन्थ्यो
उहाँलाई नाम र काम दुवैले चिन्दथे
त्यसैले
चुनावको लागि उहाँ भोट बैंक सरह हुनुहुन्थ्यो
अशिक्षित जनताले आफुले चिनेको जानेको जता देख्यो
त्यतै भोट हाल्ने ।
मैले भनिहाले नी,
सबैले ठूलै हेर्छन
त्यतिबेला मेरो बुबाले आफुले चिनेको ठूलालाई समर्थन गरे,
ठूला नेताले पनि मेरो बुबा ठूलो भएको भएर रोजे
मानिसको आम प्रवृत्ति ।
पदको कुरा गर्दा
सरकारी देखि निजी सम्म
सबैले ठूलै पद हेर्दछन
ठूलो पदको हुने सपना देख्दछन
लोक सेवा आयोगले पनि ठूलो बन्नु
भनेर परीक्षा लिन्छ
अन्य आयोगले पनि त्यही गर्दछन
मानिसको प्रवृति
जन्मजात ठूलो खोज्ने
मानिसको प्रवृत्ति
बाल्यकाल देखि मृत्युसम्म ठूलो खोज्ने
मानिसको प्रवृति
र म फेरि भन्दैछु
मेरो बुबा त एक प्रतिनिधि पात्र मात्र हो
मानिसको प्रवृत्ति दर्शाउन ।










प्रतिकृया दिनुहोस्