- ६ माघ २०७९, शुक्रबार १९:४४
माघ ०६, काठमाडौँ ।
उसले देशमा छँदा
कहिल्यै कसैबाट पनि खादा लगाउने अवसर पाएन।
बैंकले ऋण दिएन,
उसको सर्टिफिकेटले रोजगारी दिएन
उसको ज्ञानले सिप दिएन
साथीभाइले बाल दिएनन
प्रशासनले काम दिएन
प्रेमिकाको बाबुले छोरी दिएनन
आफन्तले साथ दिएनन
त्यसैले गर्दा विवश भएर
उसले परदेश भासिने निर्णय गर्यो
त्यसपछि उसले एकाएक परिवर्तन देख्यो
उसलाई देशले तुरुन्तै पासपोर्ट दियो
साथीभाइले बधाई दिए
प्रेमिकाको बाबुले छोरी दिने आश्वासन दिए
उ प्लेन चढ्न एयरपोर्ट जाँदा
आफन्तले खादा ओढाईदिए
परिवारले उज्ज्वल भविष्यको आशीर्वाद दिए
उ को होर
सबैले बुझेका छन
सबैले जानेका छन
उ नेताका भाषण हो
कर्मचारीका गफको पात्र हो
समाजको विकृति हो
ऋणको सावाँ ब्याज हो
देशको रेमिट्यान्स हो
वित्तीय कारोबार भुक्तानी हो
उ एक भयानक रोग हो
उ एक ब्रेन ड्रेन हो ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्