- १४ पुष २०७९, बिहीबार २१:१४
पुस १४, काठमाडौं । सेवा र विकासका लागि युवा संस्थाले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छात्राहरू विच छात्रा विमर्श कार्यक्रम संचालन गरेकाे छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल विश्वविद्यालय समितिकाे समन्वयमा विश्वविद्यालय अध्ययनरत छात्राहरूलाई उक्त कार्यक्रम संचालन गरिएको हाे । 
सेवा र विकासका लागि युवाद्वारा संचालन गरिएको छात्रा विमर्श कार्यक्रममा छात्राहरूकाे शिक्षा, स्वास्थ र नेतृत्व सम्बन्धि अन्तर्क्रिया संचालन गरिएको थियोे ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपाल त्रि.वि छात्रा प्रमुख सुजाता फुयालकाे संयाेजकत्वमा भएको विमर्श कार्यक्रममा मानविकी तथा सामाजिक शास्त्र संकायकी डिन प्रा. डा. कुसुम शाक्य प्रमुख आतिथ्यकाे रूपमा उपस्थिति हुनुहुन्थ्यो भने विशेष अतिथिमा प्रा. डा. वीणा पाैडेल र डा. सिल्भिया महर्जनकाे उपस्थिति रहेकाे थियोे ।
साथै प्रमुख प्रस्ताेताकाे रूपमा सेवा र विकासका लागि युवाकी सदस्य विप्लवी न्याैपानेकाे उपस्थित रहेकाे कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका विभिन्न विभागमा अध्ययनरत ६० जना भन्दा बढी छात्राहरूकाे उपस्थिति रहेकाे आयाेजकले जनाएको छ । 










प्रतिकृया दिनुहोस्