- २ मंसिर २०७९, शुक्रबार २१:४७
मंसिर २, काठमाडौं । निर्वाचनकाे समय जति नजिकिदै छ त्यति नै उम्मेदवारहरूलाई तनाव बढदै छ । अझ बढी तनाव यतिखेर ठुला राजनीतक दलका उम्मेदवारहरूलाई तनाव बढदै छ । किन भने विगत ५ बर्ष अगाडिको चुनाव भन्दा यश बर्षकाे चुनावमा वैकल्पिक राजनीतिक शक्ति र स्वतन्त्र रूपमा राजनीतिमा हाेमिएका छन् ।
याे स्थिति कुनै एउटा क्षेत्र वा कुनै एउटा जिल्ला वा प्रदेशमा मात्र हाेइन याे स्थिति देशैभरी नै छ ।
त्यही स्थिति मध्यकाे एक क्षेत्र हाे काठमाडौं अत्यन्तै महत्त्वपूर्ण क्षेत्रहरू मध्यकाे एक क्षेत्र हाे काठमाडौं क्षेत्र नम्बर ३ जहाँ दुई ठुला दलका उम्मेदवारहरू काङ्ग्रेसका सन्तोष चालिसे र एमालेका कृष्ण राई यी दुई मध्य अलि प्रभावशाली अर्का उम्मेदवार हुन पुतली चुनाव चिन्ह लिएर स्वतन्त्रमा उठेका उम्मेदवार निरन्जन पुडासैनी जसले दुई ठुला दलका उम्मेदवारहरूलाई टक्कर दिई रहेका छन् । पूरा दल भित्र फाेहाेरी राजनीति माैलाएकाे र भ्रष्टाचारी गर्ने नेताहरू नै लाभकाे पदमा पुगेर देशलाई लुटि रहेकाे भन्दै उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए र उनलाई राजनीति देखि वितृष्णा भएका धेरै युवाहरूले पनि साथ दिई रहेका छन् । साथै उनी जस्ता वैकल्पिक उम्मेदवारहरू देशै भर आउनु पर्छ भनेर हिडि रहेका र हिजाे वालेन र सागर ढकाललाई साथ दिने र मत माग्ने युवाहरू र काठमाडौं क्षेत्र नम्बर ३ मा शिक्षित र बुद्धिजीवी भनिनेहरू सँगसँगै हिजाे वडा अध्यक्ष भएर काम गरेकाहरू पनि लर्काे लागि रहेकाे परिदृश्य हामी पाएका छाैँ ।
उनलाई सहयोग गर्नेहरूले भन्ने गरेका छन् कि उनी अहिले उठेका उम्मेदवारहरू मध्ये याेग्य, क्षमतावान र भिजन भएक उम्मेदवारकाे रूपमा उदाइरहेका छन् र उनले चुनाव जित्नेमा कुनै शंका नरहेकाे उनी निटका स्वतन्त्र अभियान कर्मीहरूले बताई रहेका छन् ।
हुन पनि हाे किन भने उनी हालका उम्मेदवारहरू मध्ये कम याेग्यता र क्षमता भएका उम्मेदवार चाहिँ पक्कै पनि हाेइन् । उनले सुरूवाति चरणहरूमा विभिन्न पत्रपत्रिकाहरूमा रहेर काम गरेका पनि थिए । साथै विभिन्न सामाजिक अभियानहरूमा जाेडिएर स्वतन्त्र उम्मेदवारी दिनु भन्दा अगाडि नेपाल सरकारकाे अधिकार सम्पन एकीकृत बाग्मती सभ्यता आयाेजनाकाे सामाजिक विकास मन्त्रालय अन्तरगत रहेर झन्डै २ बर्ष जति सामाजिक विकास अधिकृत भएर समेत काम गरि सकेका छन्, उनी बाैद्ध नमुना चेस क्लवकाे अध्यक्ष लगायत वागमती पिडित किसान संघर्ष समितिकाे अध्यक्ष भएर काम गरिरहेकाले पनि उनले धेरै क्षेत्रमा अनुभव बटुली रहेका छन् ।
यसले पनि उनलाई बागमती किसान पिडितहरूकाे मत आउने सम्भावना बढी रहेकाे उनकाे चुनावी अभियानमा हिडेका श्री बराल लगायतका अभियान कर्मीहरूले बताइ रहेका छन् । साथै उनले ल्याएका लाेकप्रिय चुनावी एजेन्डा “भ्रष्टाचारीलाई जरै देखि उखलाैँ र भ्रष्टाचारी र राष्ट्रघातीलाई बहिष्कार गराैँ ” भन्ने नाराले पनि मतदाताहरूमा अत्यन्तै सकारात्मक प्रभाव परेकाे त्यस क्षेत्रका एक मतदाताले बताए । उनले बागमती पिडित संघर्ष समितिमा पिडितहरूलाई क्षतिपूर्तिसहित न्याय दिन निरन्तर संघर्ष गरेकाेले पनि याे पटक उनलाई जिताउन आवश्यक रहेकाे एक बागमती किसान पिडितले बताएका छन् ।
चुनावी मैदानमा हाेमीका ठुला दलका नेताहरू पनि काठमाडौं क्षेत्र ३ का अत्यन्तै प्रभावशाली भएकोले उनीहरू तीनै जना उम्मेदवारीहरू बिच कडा प्रतिस्पर्धा हुनेमा कुनै शंका नरहेकाे चुनावी घरदैलोमा हिडेका केही संचारकर्मीहरूले बताइ रहेका छन् ।
आखिर सत्य तथ्य र अन्तिम परिणाम चाहिँ कस्तो आउँछ त ?
के पुतलीले ठुला काठमाडौं ३ मा विजय प्राप्त गर्ला त ?
के काठमाडौं क्षेत्र नम्बर ३ का जनताले हेर्लानत बैकल्पिक उम्मेदवारलाई ?
याे भने पक्कै पनि हेर्न बाँकि छ । पतिक्षा गराैँ भयरहित भएर प्रभावमा नपरी राम्रो र याेग्य व्यक्तिलाई मतदान गराैँ ।










प्रतिकृया दिनुहोस्