- २ मंसिर २०७९, शुक्रबार १६:४२
मंसिर २, काठमाडौँ । सृष्टि जोशी, अहिले देश चुनावमय भएको अवस्थामा छ । यही मंसिर ४ गते देशैभर एकैदिन प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुन गइरहेको छ । हिजोको त्यो समय हो यो जुन समयमा नमस्ते गर्दा पनि नफर्काउनेहरू घरदैलोमा आफैँ दुई हातका १० औंला जोड्दै नमस्कार योपटकको भोट फलानो चिन्हमा है भन्दै आउछन । हेक्का रहोस मेरा योजना यो यो हुन ,म यो काम गर्न सक्छु , मलाइ जिताउनका लागि मेरो चुनाब चिन्ह फलानो हो त्यसमा स्वस्तिक छाप लगाउनुस है भन्दै कोही आउदैनन् ।
हामी सरकारी कामकार्यमा जाँदा हाम्रो कामको ढिला सुस्ती हुन्छ , आफ्नालाई पहिलो प्राथमिकता दिइन्छ यो त चल्दै आएको चलन जस्तै बनिसकेको छ हाम्रो देशको राजनितीको । साँची राजनीति पनि के भन्नू लाजनिती । त्यो दिन हो मंसिर ४ जुन दिन धनी ,गरिब, शिक्षित, अशिक्षित ,सशक्त ,अशक्त, जागिरे, बेरोजारी, सहरिया, देशका जुन कुनै कुनाका मानिसको एउटै अधिकार भएको दिन हो, सदनदेखि सडक सम्मका सबै नेपाली समान हुने दिन हो । अर्थात् सबैले हाल्ने भनेकै १ भोट हो । सबैको एक एक भोटको उत्ति कै कदर छ । उम्मेदवारलाई विजय हुन महत्त्वपूणर् छ अझै भन्न पर्दा देश विकासमा सबैको भोट उतिकै महत्त्वपूणर् छ । गरिबी,अशिक्षा, बेरोजगारी र भ्रष्टाचारीको पराजयसहित देश र जनताहरूको विजयको दिन हो । त्यसैले त्यो समान मताधिकारको सदुपयोग गरौँ ।
हाम्रा महत्वपूणर् दान- रक्तदान, मतदान, गौदान, कन्यादान । दान त स्वच्छ , पवित्र आत्मा र मनले गरिन्छ । जहाँ स्वस्फूर्त दानको भावना जागोस । यो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासको ठूलो आधार हो – मतदान ! यो दान पनि अधिकाशं व्याक्तिले बुद्धि नै नपुर्याई गरिएको दान जस्तो पनि लाग्छ । यस्तो इश्वरीय कार्यमा पनि भष्टाचार र घुसखोरीले जडो गाडेको छ ,यस्को अन्त्य हुनु अति आवश्यक देखिन्छ । यसै बिच मैले निर्वाचनको समाचार आएबाट भेट्दै आएका व्याक्ति सँग हुने कुराकानिमा मतदानको विषय सधँै जोडिन्थे । त्यसै क्रममा विगत १ हप्ता यता प्रत्यक्ष भेटमा वा सामाजिक संजालमा कुरा हुँदा उहाँहरूलाई मेरो एक प्रश्न अधिकाशं मतदातालाइ “तपाइको भोट कसलाई ??“
त्यस प्रश्नमा युवा (मेरा अग्रज एवं समकालीन) का उत्तर
कसैले भने सिदै फलानोमा हो नि भोट त !
यो उत्तरमा मैले कार्यकर्ताको झोलेपन्ती देखे ।
कसैले भने यो राजनिती प्रती इच्छा नै छैन, चासो नै छैन ,केही पनि बुझ्दिन, आउदैन । अब जस्ले हात तानेर भोट हाल्दिन पर्यो भनेर लगेर गए त्यसैमा हालिदिन्छु म त । यो उत्तरमा मैले राजनिती प्रती चासो नदेखाएको र परनिर्भर प्राणी जस्तै भेटे ।
कसैले भने भोट त सधै कहाँ पुरानै अनुहार र पार्टीलाई दिनु परिक्षण नगरिएका व्याक्ती, नयाँ अनुहार जस्ले म जस्ता युवा लाई वृद्ध र बालक सँगै जोड्ने पुल बनाओस । र देशमा समृद्धि ल्याओस, भष्टाचार हटाओस । यस उत्तरमा मैले युवाको राजनिती र देशप्रतिको चेत भएको देखे ।
कसैले चाहिँ मैले चिनिराखेको अनुहार भएको भएर होला ,आफ्नो पार्टिको नाम पनि लिन सक्नु भएन , अनि मत बदल्छु पनि भन्नू भएन तर पनि मेरा विचार र कुरामा सहमती जनाउनु भयो ।
यस उत्तरमा मैले वर्तमान राजनीतिबाट वाक्क भएको , देश विकास र परिवर्तन चाहिँ खोजेको तर मत परिवर्तन गर्न नसकेको बुझेँ । युवाले नुनको सोझो होइन, सत्य र असत्य पहिचान गरि सत्यको पक्षमा उभिनु पर्छ । आशा गरौँ यसपटक उहाँहरूले मत फेर्नु हुनेछ ।
कसैले भने कोही राम्रो उठेको छैन । कसैलाई पनि दिन मन छैन । तर के गर्नु विकल्प पनि त छैन । आखिर ५ वर्षको नेतृत्व जो चुन्नु छ ।
यसमा मैले बारम्बार एउटै उम्मेदवार उठ्ने र जित्ने, तर विकास भने सन्तोषजनक नगरेकोमा जनताको निराशा बुझे ।
कसैले भने ह्या कति बोलेको तिमी , तिमीले सम्झाएर हुने वाला केही छैन कसैको मन बद्लिदैन उनिहरू जसलाई हालिराखेका छन आखिर उनैलाई हाल्नै नै हुन !
यसमा मैले हामी युवाको काम युवाले भोट मात्रै हाल्नु हो जनचेतना फैलाउनु होइन भन्ने भ्रमले उनको मस्तिष्कमा जड गाडेको देखे ।
कसैले भने हेर नानी जो जे आए पनि देश बनाउने भनेको नेपालमा मानिएका प्रमुख ३ दलले नै हो भनेर ठोकुवा गरे । यसमा मैले सच्चिकै अन्धभक्त नै देखे । प्रतिप्रश्न गर्न मन लाग्यो अंकल उसो भए हाम्रा माहापुरुष र विभुती कुन दलका रहेछन त? उहाँ मौन ।
कसैले भने जसले अलि अलि खर्च, मासु र पेट्रोल दिन्छ उसलाइ मेरो भोट ।
यस उत्तरमा मैले युवाले २/४ हजारमा, अलिकती मासुका चोक्टामा र केही लिटर पेट्रोलमा आफैँ आफू र आफ्नो अधिकारलाई बेचेको पाए ।
मैले जुन उत्तरको आशामा प्रश्न सोधेकि थिए त्यो उत्तर चाहिँ सतप्रतिशत कसैबाट नपाएको झै लाग्यो तर एक पक्षबाट अलिकती अंश चाहिँ पाए – मेरो अपेक्षित उत्तर थियो “
अवको चुनाव कुनै पार्टी भनेर हैन, कुनै वाद, पन्थी, सम्प्रदाय र आफ्नालाई हैन । यो चुनाब त्यसका लागिहहो, जसले देशको हरेक नीति, अर्थव्यवस्था, जन भावना राष्ट्रिय आवश्यकता , सहित देशको माटोलाई चिनेको, राष्ट्रियतालाई बुझेको र नेपाली गौरवशाली इतिहासलाई आत्मसाथ गरेको छ । अब परिक्षण नभएका ,जोश जागर भएका , इमान्दारीता र नैतिवान चरित्रका ,पहिले मेरो राष्ट्र अनि बल्ल म भन्ने राष्ट्र प्रथम भावनाले ओतप्रोत भएका , अबको ८० वर्षसम्मको नेपाल र नेपालीको भविष्य देख्न सक्ने सक्षम ,योग्य र कर्मठ नयाँ पुस्तालाई । “ हो यहि उत्तर पाइन मैले…
यो उत्तरमा भएका उम्मेदवारलाई हो अवको साथ, हात अनि यो चुनाब !
भोट भोटकै लागि मात्र नबनाउ किनकि अबको निर्वाचन पछि गिठन हुने सरकारका प्रमुख केवल सरकार प्रमुख मात्र होइन, देशकै विश्वविद्यालयको कुलपति पनि हुनेछन । तपाईं आफू पढ्ने विश्वविद्यालयको कुलपति कस्तो चाहानुहुन्छ? अहिले सम्मका कुलपती बाट सन्तोषजनक हुनुहुन्छ त? त्यसैले त्यो पदभारा लिन सक्ने व्याक्तित्वलाई एक भोट दिनुस । किनकी हाम्रो भोट जस्तै, राज्यको हरेक नीति, व्यवस्था ,अवस्था र भविष्य उस्तै हुन्छ ।
हो मेरो बोलिले केही नहोला तर एक पल्ट सोच्न बाध्य पक्कै हुनेछन यो नानीले , यो दिदिले , यो साथिले मलाई किन यसरी सोध्यो? आखिर के उत्तर खोजेको रहेछ म बाट? मैले कतै जवाफ गलत दिए कि? नि लाग्छ होला कतिलाई र मत परिवर्तन गर्न दिमाग र मनले आदेश दिन्छ नै होला । ४ गते बिहान ७ बजे के थाहा मेरो प्रश्न सोची राम्रो उम्मेदवारलाई मतदान गरि दिनुहुन्छ कि !
स्थानीय तहको निर्वाचनको एक उदाहरण – मेरो घरमा मेरी आमालाई मात्रै बुझाउनु पर्छ मत यो व्याक्तिलाई दिनु होला उहाँ राम्रो हुनुहुन्छ है भनेर , किनकी मेरी आमा समाजको नजरमा अशिक्षित अनि बच्चैबाट उहाको दिमागमा परेको एक पार्टिको छाप र सधँै उसैलाई दिने हो भन्नुहुन्छ । त्यो १५/१६ दिनको समयमा आमालाई उहाँहरू सबैकाबारे सबै छोरा छोरीले बुझायौ, सम्झायौ । यो व्याक्तिलाई दिनुस जितेर काम गरेन भने तपाईं तपाइको रिस पोख्न जानू होला उहाँ संग, काम गर्यो भने फूल माला लिएर जानुहोला पालिका मै भने ।
निर्वाचनको अघिल्लो रात पनि १ घन्टाको लामो भिडियो कलमा कुरा हुँदा पनि मतदान गर्न नजाने सोच बनाएको, गएपनी मत परिवर्तन गर्ने सोच नभएकी मेरि आमाले मतदानको दिन खुसी हुँदै मलाइ ८ बजे कल गर्नु भयो । मैले भने आमा भोट हाल्न जानू भएन ??उहाँले खुसी हुँदै बुढी औला देखाउनु भयो र भन्नू भयो अघिल्लो पल्ट देकै हो जितेन मेरो मत बदर भएको जस्तो लाग्यो थियो अहिले चुनाव चिन्ह थाहा थियो हिजो राती एक्लै बसेर मत हाल्न सिके त्यो चिन्हमा बदर नहुने गरि आज त म पछि सानी नातिनी नि उठेछे अनि जान पाइन्न्न आत्तिमला र बिग्रन्छ कि भनेर बिहान नुवाएर, पुजा गरेर ७ नबज्दै भोट हाल्न पुगे मेरो बुथको पहिलो रहेछु म ! (भन्दै हास्नुभयो) ल हेरिराख्नु तैले यसपालि त्यो मान्छे ले हार्दैन ,मैले कस्तो राम्रो सँग मत हालेको छु , मजाले पट्याएर । अनि प्रार्थना पनि गरेकी छु कि त्यो मान्छेले जितोस र इमान्दारिताका साथ काम गरोस अनि म ५ वर्ष पछि फूल माला ले धन्यवाद दिन पाउ । म एकाएक अच्चम्म परे । म भन्दा आमालाई हतार, कति पुगेछ उहाँको भोट ? भन्दै । अहिले कस्तो छन् त हाम्रो पालिकाको जनप्रतिनिधि भन्दा खुसीले काम गरिराख्नु भएको छ , यो मान्छेले ५ वर्ष अघि जितेको भए केही भै सक्ने रहेछ हाम्रो धनगढीमा भन्नू हुन्छ । अहिले मेरी आमाको भोट खेर गएको छैन । यो सकारात्मक उत्तरको भागिदार मेयर गोपाल हमाल प्रती अभिनन्दन एवं सम्मान ।
त्यसैले आशा छ सबैले निर्वाचन कै दिन भए पनि सकारात्मक सोचको विकास गर्नुहोस बरु ६ बजे एक चित्तले ध्यान गर्नुस र सोच्नुस अनि यो इश्वरीय कार्यको दान इमान्दारीता साथ दिनुहोस । साँचिकै अहिले मत बदरले धेरै असल उम्मेदवारको बिजय भैरहेको छैन तसर्थ ,मत बदरको संख्या कसरी न्यून गर्ने भन्ने बारे पनि उचित जनचेतना मुलक कार्यक्रम नमुना पत्र सहित ल्याइनु पर्छ, हरेक वृद्धलाई सिकाउनु पर्छ ,हरेक नबुझेका लाई बुझाउनु पर्छ ।
नेपालमा त भविष्य नै छैन ,अब विदेश नै जाने हो भन्ने युवा तिनै देखिरहेका मुहार (हजुरबुबा पुस्ता) को गुनगान गाएर भोट त फलानो मै हो नि भन्दै हिड्छन नि अच्चम्म लाग्छ मलाई अब त्यस्तालाई झोले कार्यकर्ता नभनेर के भन्नू ?? भनिदिनुहोस न मलाईलाई । अच्चम्म लाग्छ म ६/७ पढ्दै गर्दा मेरो विद्यालयमा उहाँ हाम्रो क्षेत्रको सांसद हो भनेर प्रधानाध्यापकले विद्यार्थीलाई चिनाएको व्याक्ती , म अहिले स्नातक सक्नै लाग्दा पनि उनै व्याक्ती फेरि सांसद कै लागि निर्वाचनमा होमिएका छन् । किन? विकास गर्न?य त्रो वर्ष चाहिँ किन गर्नु भएन विकास ?? अब आराम गर्नुस । अरुले गर्छन विकास ..
यो वर्ष स्थानीय तह बाटै युवा प्रतिको आकर्षक बढ्दो र आशा बोकेको छ । यहो प्रतिनिधि सभा र प्रदेश सभाको चुनाब भनेको नीति नियम र कानुन बनाउन सांसदमा जाने व्याक्तिका लागि हो । त्यसैले कस्तो नीति , नियम र कानुन चाहनु हुन्छ ती बनाउन सक्ने वर्गलाइ भोट गर्नुहोस । यो निर्वाचनमा पनि युवाको उम्मेदवारी उत्साहजन छ , आखिर यो राजनिती प्रतिको वितृष्णा र अत्याचारको विरूद्ध अब हामि नै जाग्नु पर्छ भनेर आएको जमात हो जस्तो लाग्छ । साच्चिकै यत्रो वर्ष सबैलाई पालो दिइयो खै सोचे जस्तो परिवर्तन भएन कि देखिन मैले । अब मैले माथी उल्लेख गरिएको मेरो उत्तर जस्तो लाई एक भोट है ।
साँची राजनिती त सत्तामुखी राजनिती होइन रुपान्तरणमुखी राजनिती हुनु पर्छ । त्यसैले अब देखिरहेका अनुहारलाई ससम्मान विदाइगरी परिक्षण नभएका अनुहारलाई ,नयाँ विचारलाई र कुसल र सक्षम नेतृत्वलाई आफ्नो अमुल्य मतदान गर्नु आवश्यक छ । तब मात्र परिवर्तको अनुभूति र जीवन स्तरमा परिर्वतन आउने छ ।
( उहाँ प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सह छात्र प्रमुख र पोखरा विश्वविद्यालयमा स्नातक अध्ययन गर्दे हुनुुहुन्छ )










प्रतिकृया दिनुहोस्