- २७ कार्तिक २०७९, आईतवार १८:०३
कार्तिक २७, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल काठमाडौं महानगरले आयोजनामा संचालन भएको त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
यहीँ कार्तिक २४ गतेदेखि काठमाडौंकाे सिनामंगलमा संचालन भएको त्रिदिवसीय पत्रकारिता तालिम २६ गते सम्पन्न भएको विद्यार्थी परिषद् काठमाडौं महानगर समितिले जनाएको छ ।
काठमाडौंकाे विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका ३५ जना भन्दाबढी विद्यार्थीहरूलाई सहभागी भएको पत्रकारिता तालिममा विभिन्न विषयहरू समाचार लेखन, अन्तर्वार्ता, रिपोर्टिङ , अनुसन्धानमुलक र विश्लेषणत्मक लेख लेख्ने शैली , फाेटाे सम्पादन र क्यामेरा चलाउने तरिका जस्तो विषयहरूमा विद्यार्थीहरूलाई व्यबहारिक र सैद्धान्तिक कुराहरू सिकाएकाे तालिममा सहभागी विद्यार्थीहरूले बताएका छन् ।
छाेटाे समय अवधिकाे तालिम भएता पनि अनु भव प्राप्त प्रशिक्षकहरूबाट धेरै कुराहरू सिक्न पाएकाे र यश तालिममा सहभागी भए पश्चात् फाेटाे पत्रकार बनेर काम गर्छु भन्ने आत्माविश्वास बढेकाे एक सहभागी छात्राले तालिमकाे समापनमा सत्रमा बताएकी थिइन । साथै अर्का सहभागीले खाेजिमुलक पत्रकारिता गर्नका लागि आत्मविश्वास बढेकाे भन्दै तालिममा सहभागी हुने अवसर प्रदान गरेकाेमा आयोजकलाई धन्यवाद ज्ञापन गरेकि थिइन् ।
तालिममा न्युज २४ टेलिभिजनका निवर्तमान सम्पादक एवम् नेपाल फ्याक्स डक कमका संचालक अर्जुन खडका, प्रारम्भ खबरका सम्पादक भीम लामा, अनुसन्धान कर्ता माेहन श्रेष्ठ, नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रमुख सन्तोष आचार्य , फाेटाे पत्रकार मुकुन्द कालिकाेटे, परिषद्का राष्ट्रिय मिडिया प्रमुख एवम् छात्र विचार पत्रिका सम्पादक कृष्णप्रसाद हुमागाईं र गाेरखा पत्र दैनिकका नायव कार्यकारी सम्पादक राम प्रसाद हुमागाईंहरू मुख्य प्रशिक्षक र प्रशिक्षककाे रूपमा अलग /अलग विषयहरूकाे बारेमा प्रशिक्षण दिएका थिए ।
तालिमकाे समापन सत्रमा प्रमुख अतिथि गाेरखापत्र संस्थानका पूर्व सल्लाहकार सम्पादक गाेपाल खनालले विद्यार्थी परिषद्ले कलेज पढदै गरेका विद्यार्थीहरूलाई सहभागी गराएर यस्तो तालिम गरेर धेरै राम्रो कार्य गरेकाे बताए । साथै सहभागी विद्यार्थीहरूलाई पत्रकारिता क्षेत्रमा काम गर्नका लागि उत्प्रेरित समेत गरेका थिए । उनले ” यश क्षेत्रमा जस्तो खुसि, आन्नद, सबै विषयकाे जानकार, घुम्न , हरेक प्रकारका मानिसहरूकाे संगत, हरेक क्षेत्रकाे ज्ञान अरू क्षेत्र कुनैमा पनि नपाइने र पत्रकारहरूलाई कसैले पनि छल्न, ढाँटन र ठग्न नसक्ने भएकोले ढुक्क भएर पत्रकार बनेर काम गर्न सुझाएका । साथै उनले पत्रकार बन्न चाँहानेहरूले अथक मेहन र परिश्रम गर्नु पर्ने भएकोले हरेक विषयकाे ज्ञान राख्नु पर्ने , गहिराे खाेज अध्ययन गर्नु पर्ने र हतपत् जाेकाेहीलाई पनि विश्वास गरि हाल्न नहुने हरेक काममा प्रश्न गर्ने वानिकाे विकास गर्नु पर्ने कुरामा जाेड दिदै आगामी दिनमा पनि आफ्नाे तर्फबाट सहभागी विद्यार्थीहरूलाई साथ र सहयाेग रहने कुरा बताएका थिए ।
त्यसैगरि विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपानेले विद्यार्थी परिषद्ले समाजका हरेक क्षेत्रमा असल र याेग्य व्यक्ति निर्माणका लागि नेपालकाे सम्पूर्ण शैक्षिक क्षेत्रहरूमा निरन्तर काम गरिरहेकाे बताए । उनले आज संचार क्षेत्रमा पनि याेग्य र क्षमतावान व्यक्ति आवश्यक भएकोले विद्यार्थी परिषद् महानगर इकाईलेत्यस्तो व्यक्ति तयार गर्ने उदेश्यका साथ यस्तो तालिम संचालन गरेकाेमा बधाई दिदै त्रिदिवसीय आधारभूत पत्रकारिता तालिममाबाट आगामी दिनमा नेपालकाे राष्ट्रिय मिडिया हाउसहरूमा यहाँ तालिम लिएका विद्यार्थीहरू नै मुख्य भूमिकामा काम गर्नेछन् भन्ने कुरामा विश्वस्त रहेकाे बताए ।
तीनदिन सम्म संचालन भएको त्रिदिवसीय आधारभूत पत्रकारिता तालिममा विभिन्न कलेजमा सहभागी ३५ जना विद्यार्थीहरूलाई प्रमाण पत्र वितरण गरि तालिमका संयाेजक एवम् विद्यार्थी परिषद् काठमाडौं महानगर सचिव जीवन कुमार जाेसिले कार्यक्रमकाे समापन गरेका थिए ।










प्रतिकृया दिनुहोस्