- २८ आश्विन २०७९, शुक्रबार ०७:१२
असाेज २८, काठमाडौं । कानुनविपरीत गतिविधिमा संलग्न हुने शिक्षक-कर्मचारीलाई आवश्यक कारबाहीका लागि सिफारिस गरी पठाउनका लागि क्याम्पस, कार्यालय, अनुसन्धान केन्द्र, विभाग, महाशाखा, अस्पताललाई परिपत्र गरेको छ।
निर्वाचन आयोगले समेत सरकारी कर्मचारी, अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकहरूले पालना गर्नुपर्ने आचरण पालनाका लागि आग्रह गरेको छ। आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन ०७९ का लागि जारी गरेको निर्वाचन आचारसंहिता अनुगमन गर्दा त्यसको प्रतिकूल हुने गरी सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा त्यसमा आबद्ध कर्मचारी, शिक्षक, प्राध्यापक दलको प्रचारप्रसारमा लागेको पाइएको जनाएको छ।
प्रचारप्रसारमा संलग्न कर्मचारी, शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाई बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारहरूका प्रचार सामग्री सेयर र लाइक गर्ने घटना पाइएकाले कारबाही सुरु गरेको जनाएको छ ।










प्रतिकृया दिनुहोस्