- २३ आश्विन २०७९, आईतवार १३:५२
भक्तपुर : नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभा सदस्यमा भक्तपुर क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गराएका छन्। बिहान ११ बजे मध्यपुर थिमिको शंखधर चोकमा भेला भई नयाँ थिमिबाट पुरानो थिमि हुँदै मध्यपुर थिमिको बोडेस्थित कृषि विकास तालिम केन्द्रस्थित क्षेत्र नं २ निर्वाचन कार्यालयमा दलबलसहित पुगेर बस्नेतले उम्मेदबारी दर्ता गराएका हुन्। निर्वाचन आचारसंहिता अनुसार बाजागाजा लिएर उम्मेदवारी दर्ता गर्न नपाउने भएपछि झाँक्रि लिएर उम्मेदवार दर्ता गराउन पुगेका हुन्। निर्वाचनमा उम्मेदवारी दिनका लागि कुनै बाजा लान पाइँदैन।झाँक्रीको डम्फु बजाउन लगाउँदै उम्मेदवारी दर्ता गराउन पुगेका थिए। निर्वाचन आचारसंहिता अनुसार २५ जना भन्दा बढी भेला हुन पाइँदैन तर बस्नेत भने सयौं कार्यकर्ताका बीच उम्मेदवारी दर्ता गर्न पुगेका थिए।उम्मेदवारी दर्ताका क्रममा सहभागीहरुले महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावादलगायतका नारा घन्काएका थिए।










प्रतिकृया दिनुहोस्