- ८ आश्विन २०७९, शनिबार २१:४४
असाेज ८, काठमाडाैँ । काठमाडौं क्षेत्र नं ४ मा आजदेखि नि:शुल्क डेंगु परीक्षण शिविर सञ्चालन भएको छ । गगन थापा सांसद कार्यालयकाे अगुवाईमा काठमाडौं क्षेत्र नं ४ मा नियमित निःशुल्क डेंगु परीक्षण शिविर संचालन सरू भएकाे हाे ।
टाेलटाेलमा निःशुल्क डेँगु परीक्षणकाे सुरूवात चाबहिलबाट गरिएकाे छ । शनिवार चावहिल गणेस्थानमा भएकाे निःशुल्क परीक्षण कार्यक्रममा १०५ जना रगत परीक्षण गराए । त्यसैगरी ७१ जनाले अन्य स्वास्थ्य जाँच गराएकाे गगन थापा संसद कार्यालयका शंकर कुइँकेलले बताएका छन् । 
थापा संसद कार्यालयकाे अगुवाइमा महानगरपालिका वडा नं ३० मा रहेकाे शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत् डेंगुको निःशुल्क परीक्षण हुँदै आएकाेमा असाेज ८ गतेदेखि क्षेत्रका बिभिन्न टाेलमा याे सेवा पुर्याइएकाे छ ।
हरेक वडामा पालैपिच्छे शिविर संचालन गरेर क्षेत्रवासीकाे दैलाेमै सेवा उपलब्ध गराउन प्रयासस्वरूप याे कार्यक्रम ल्याइएकाे सांसद कार्यालयले बताएकाे छ । काठमाडौंमा दैनिक रुपमा फैलिरहेको डेंगुको परीक्षण घरटाेलमै नि:शुल्करूपले पाउने कुराले नागरीकले सहजता अनुभव गर्नसक्ने देखिन्छ ।










प्रतिकृया दिनुहोस्