- ५ आश्विन २०७९, बुधबार २१:२०
असाेज ५, काठमाडौं । काठमाडौंको कपनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।
बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सिताराम रिजालका अनुसार मृतक दुई जनाको पहिचान खुलेको छैन। उनीहरूलाई टिचिङ अस्पताल महाराजगन्ज लगिएको छ।
त्यस्तै अरू पनि केही घाइते भएका छन्। उनीहरूलाई पनि टिचिङ अस्पतालमा उपचारका लागि लगिएको छ। कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिएको प्रहरीले बताएको छ। आगलागी भने हाल पूर्ण नियन्त्रणमा आइसकेको प्रवक्ता रिजालले बताए। त्यस्तै घटनास्थलमा अरू पनि मृतक हुन सक्ने अनुमान छ। प्रहरीले खोजी कार्य जारी राखेको छ।










प्रतिकृया दिनुहोस्