- ३० भाद्र २०७९, बिहीबार २३:००
भदौ ३०, काठमाडौं । नेपाल शिक्षण परिषद्ले नेपालकाे आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ एक दिवसीय विचार गाेष्ठी कार्यक्रम आयोजना गरेकाे छ ।
परिषद्ले नेपालकाे आध्यात्मिक पर्यटन प्रवर्द्धन विषयक विचार गाेष्ठी नेपालमा आध्यात्मिक पर्यटन बृद्धि गर्ने उदेश्यका साथ बिहिवार नेपाल पर्यटन बाेर्डमा माननीय राज्यमन्त्री उमेश श्रेष्ठकाे मुख्य उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरेकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि माननीय राज्यमन्त्री उमेश श्रेष्ठले ” नेपाल यति धेरै धार्मिक, सांस्कृतिक , प्राकृतिक खानि र सभ्यताले भरिपूर्ण ,सगरमाथा जस्तो अग्लाे कैलाश पर्वत , भगवान गाैतम बुद्ध जन्मेकाे देश भएर पनि हाम्रो साेच र चिन्तन सानाे भएको कारणले, फराकिलो बनाउन नसमेकाे कारणले पछाडि परिरहेकाे भन्दै यसलाई खुल्ला बनाएर सबैलाई आउन दिने वातावरण निर्माण गर्नु पर्ने कुरा बताएका थिए । उनले आफू पनि हिजाे सामान्य शिक्षकबाट संघर्ष गर्दै आज मन्त्री बनेकाे र नीतिनिर्माण बनाउने, कार्यनयन गर्ने गराउने तहमा पुगेकाेले नेपालकाे आध्यात्मिक जागरण, धार्मिक पर्यटन , मठमन्दिर पुन:निर्माण गर्न र भएका धार्मिक र तिर्थस्थलहरूमा आवश्यक भाैतिक पुर्वाधार निर्माण र यातायातकाे प्रबन्ध गर्नका लागि निरन्तर लागि रहने कुरा बताएका थिए ।
कार्यक्रममा शिक्षण परिषद्का महासचिव बाशुदेव कृष्ण शास्त्रीले आध्यात्मकाे महत्त्व , नेपालमा चार कैलाशधामहरू गाैरिशंकर, कन्चनजंगा, सगरमाथा र धवलागिरी जसलाई आध्यात्ममा , महाकैलाश, स्वर्णकैलाश, श्यवतकैलाश र धवल कैलाशकाे नामले चिनेन विषय प्रस्तु गर्नुभएको थियोे । साथै उहाँले त्यसकाे आध्यात्मिक महत्त्व, नेपालकाे अन्य तीर्थस्थल, मठमन्दिरहरू त्यसले सामाजिक र आर्थिक उपार्जनमा पुर्याउने याेगदान लगायतकाे विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी कार्यक्रममा शुभकामना मनतव्य व्यक्त गर्दै बाैद्ध लामा भिक्षु कर्म शम्भुले नेपाल तीन/ तिन वटा बुद्व जन्मिएकाे तापाे भूमि भएको तर हामीले आँफुलाई नचिनेर विश्वसँग मागेर चल्नु परेकाे मा दुख व्यक्त गरेका थिए ।
उहाँले कार्यक्रममा बाेल्दै पहिला हामी आफू धार्मिक बन्नु पर्ने र हामिले धर्मकाे रक्षा गर्ने नभई धर्मले चाहिँ हामीलाई रक्षा गर्ने कुरा बताउनु भएको थियोे । त्यसकाे लागि हामीले नेपालकाे महत्त्वकाे विषयमा सबैलाई बुझाउदै विश्वमा गुरु बनेर नेपालकाे ज्ञानबाँडन जानू पर्ने कुरा बताएका थिए ।
त्यस्तै समावेश आयाेगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले नेपालमा आध्यात्मिक पर्यटन प्रबन्धनकाे विषयमा बाेल्दै आध्यात्म भनेकाे सबै धर्म संस्कृति जातजाति भन्दा माथि रहेकाे र धार्मिक भन्दा एउटा सिमित समुदाय जात र पथकाे मात्र हाेकि भन्ने भान हुने भएकोले नेपालमा आध्यात्मिक पर्यटनलाई बृद्वि गर्ने उदेश्यका साथ यश कार्यक्रम गरेकाेमा शुभकामना दिनुभएको थियोे । उहाँ नेपालमा लडमेकालेले बनाइ दिएकाे शिक्षा पढाइ रहेकाे र त्यसले कहिल्यै पनि नेपालकाे उन्नति र प्रगति हुन नसक्ने भन्दै त्यसलाई परिवर्तन गरी नेपाली माैलिक पहिचान , संस्कृति सभ्यता र नेपाल सुहाउदाे शिक्षा नीति आवश्यक रहेकाे र साेहि दिशामन शिक्षण परिषद्ले काम गरिरहेकाे बिषयलाई प्रष्ट पारेका थिए ।
बिहीवार नेपाल पर्यटन बाेर्डमा आयोजना गरिएको विचार गाेष्ठि कार्यक्रममा माननीय मन्त्री उमेश श्रेष्ठ, समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिना , हाेटल एसाेसिएसनका राष्ट्रिय अध्यक्ष सृर्जना राणा, शिक्षण परिषद्का अध्यक्ष आदित्य खनाल , बाैद्ध धर्मका कर्मा लामा शम्भु , राष्ट्रिय शिक्षण परिषद्का महासचिव डा बाशुदेवकृष्ण शास्त्री , विभिन्न मन्त्रालयका पुर्वसचिवहरू, समाजमा अलग अलग संघसंस्थामा कार्यरत संस्थाका प्रमुख व्यक्तिहरू समाजसेवी , पत्रकार , साहित्यकाहरू काे विशेष उपस्थितिमा उक्त विचार गाेष्ठी कार्यक्रम आयोजना गरिएकाे थियोे ।










प्रतिकृया दिनुहोस्