- २३ भाद्र २०७९, बिहीबार १७:५४
भदौ, २३ बिरगंज । मधेस प्रदेशमा बिश्वविद्यालय उद्घाटन भएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा सञ्चालन गर्नेगरी वीरगंजमा आयोजित एक कार्यक्रमका बिच मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवलकिशोर शाहले मधेस विश्वविद्यालय उद्घाटन गरेका हुन्।
वीरगन्जमा रहेको नेशनल ट्रेडिङ्गको १५ कठ्ठा जग्गा र त्यसमा रहेको प्रशासनिक भवन भाडामा लिएर अहिले प्रशासनिक कार्यालय निर्माण गरिएको छ। नवनियुक्त मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले मधेस विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गर्ने बताउनुभयो ।विश्वविद्यालयका उपकुलपति शाक्यले आफूले औपचारिक रूपमा बुधबार शपथग्रहण गरेका छन्।
मधेस विश्वविद्यालयले पोलिटेक्निकल र आई.टी.सम्बन्धी त्यस्तैगरी एग्रिकल्चर बिजनेस म्यानेजमेन्ट विषयमध्ये कुनै कक्षा आगामी शैक्षिक सत्रदेखि नै सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएका छन् । उद्घाटनपछि विषयगत विज्ञ कमिटी गठन गरेर त्यसले बोर्ड गठन गरी पाठ्यक्रम निर्माण गर्ने र निर्माण भएको पाठ्यक्रम पठनपाठन हुने उहाँले बताउनुभयो ।
कम्तीमा ५० बिघा क्षेत्रफलको जग्गा खोजीमा रहेको, त्यस्तै जग्गा पाएमा गाउँतिर भए पनि विश्वविद्यालय सार्ने योजना रहेको उहाँको भनाइ छ । १० देखि १५ बिघा जग्गा दान गर्न प्रशस्त दाताहरू आएको दाबी गर्दै उहाँले ४० देखि ५० बिघा क्षेत्रफलमा कार्यालय भएमा व्यवस्थित पार्न सकिने र एक अर्ब लगानी गरेर भए पनि मधेस एक अर्ब लगानी गरेर भए पनि मधेस विश्वविद्यालयको भौतिक संरचना निर्माण गरिने डा. शाक्यले बताएका छन् । बुधबार भएको पदस्थापन कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री, सङ्घीय सरकारका वन तथा जनसङ्ख्या मन्त्री, प्रदेश सरकारका सामान्य प्रशासन मन्त्री, जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष लगायतको उपस्थिति रहेकाे विश्वविद्यालयका उपकुलपति डा. शाक्यले बताएका छन् ।










प्रतिकृया दिनुहोस्