- १४ भाद्र २०७९, मंगलवार १३:४७
भदौ १४, सुर्खेत । सुर्खेतमा एक महिला मृत फेला परेकी छन् । वीरेन्द्रनगर नगरपालिका ८- स्थित मध्यपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय (मुसुम)को भुईं तलामा मृत अवस्थामा भेटिएकी हुन् ।
मृतक महिलाको पहिचान भने नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सोमबार दिउँसो ४ : ३० बजे मृत अवस्थामा भेटिएकी ती महिला अन्दाजी २८/२९ वर्षकी भएको प्रहरीले जनाएको छ । घटनाको ज्यान सम्बन्धी कसुर (फुटकर ज्यान) मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डीएसपी सुरज कार्कीले जानकारी दिए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्