- ४ भाद्र २०७९, शनिबार १३:०६
भदौ ४, काठमाडौं । सामुदायिक बिद्यालय सुधारका लागि रातो बङ्गला फाउन्डेसन र कागेश्वोरी मनोहरा बिच सहकार्य गर्ने भनी समझदारी पत्र हस्ताक्षर भएको छ ।
नेपालमा प्रारम्भिक बालविकासको क्षेत्रमा विशेष प्राथमिकता सहितका योजना तथा कार्यक्रमहरूको स्पष्ट आवश्यकता देखिएको भन्दै कागेश्वाेरीमनहरा नगरपालिका राताे बङ्गला फाउन्डेसन सँगै सहकार्य गरि अगाडि बढन सम्झौता पत्रमा हस्ताक्षर गरेकाे नगर प्रमुख उपेन्द्र कार्किले बताए ।
उनले घरमा सहि पालन–पोषण गर्ने अभ्यास हुनुका साथै विद्यालयमा बालबालिकाको समग्र विकासका अभ्यासहरू बढाउनका लागि उपयुक्त वातावरणको निर्माणमा विशेष ध्यान दिनु आवश्यक रहेकाे उल्लेख गरे ।
मानव मस्तिष्कको विकासको सुरुवात आमाको गर्भबाट नै हुने भएकोले प्रारम्भिक बर्षहरूमा विशेष गरेर ५ वर्ष अगाडि मानव मष्तिष्कको ९०% विकास हुने गर्दछ । विकसित मुलुकहरूमा यस्ता अनुसन्धानहरूलाई आधार मानेर प्रारम्भिक बाल विकास कार्यक्रमहरूको गुणस्तर बढाई सान्दर्भिक बनाउन थुप्रै लगानी गर्ने गरिएका छन् । तिनै अनुसन्धान अनि प्रयोगहरूबाट सिकेर हामीले पनि हाम्रो देशमा बालबालिकाहरुलाई प्राथमिकतामा राखी उनीहरुलाई सुहाउने कार्यक्रमहरूको आयोजना र कार्यान्वयनका लागि प्रयास गर्नु पर्ने कुरामा जाेड दिएका छन् । सार्थक बाल सिकाइ कार्यक्रम कागेशवरी मनोहरा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा रहेका प्रारम्भिक उमेरका बालबालिकाहरुसँग प्रत्यक्ष जोडिने शिक्षक, अभिभावक अनि समाजमा सहजीकरण गर्ने नेत्तृत्वहरूलाई तालिम प्रदान गर्ने उदेश्यका साथ अगाडि बढाइएको उनले बताए ।
साथै कक्षा कोठा र बालबालिकाहरू संलग्न रहने वातावरणलाई बाल मैत्री बनाइ यस कार्यक्रमले तालिममा सहभागी भएकाहरूलाई खेलमा प्रत्यक्ष संलग्न गराउँछ ताकि उनीहरूले खेलको महत्व र आवश्यकता बुझी आफ्ना बालबालिकाहरूलाई प्रत्येक दिन बिभिन्न किसिमका खेलहरू मार्फत सिक्ने वातावरण बनाउन सक्छन् । सैद्धान्तिक शिक्षामा मात्र भर पर्ने बानीलाई परिमार्जन गर्न कठिन हुन्छ भन्ने कुरालाई बुझेर त्यस कार्यक्रममा फिल्ड अफिसरले नियमित रुपमा विद्यालय भ्रमण गरी शिक्षकहरूलाई आवश्यक सहयोग र सुझाव दिने व्यवस्था गरिएको छ । बालबलिकाहरूको सर्वाङ्गीण विकासमा खेल विधिले निकै ठुलो महत्व राख्दछ भन्ने कुरालाई मध्य नजर राखी त्यस कार्यक्रमले आफ्ना तालिमहरूमा सहभागीहरूलाई प्रत्यक्ष खेलहरूमा संलग्न गराई बालबालिकाहरूको सार्थक सिकाइलाई टेवा पुयाउनेछ र कक्षाकोठाको सहि व्यवस्थापनमा पनि सहयोग गर्ने उनकाे भनाई छ ।










प्रतिकृया दिनुहोस्