- ३१ श्रावण २०७९, मंगलवार १५:३१
काठमाण्डौ ,साउन ३१। काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलाल पक्राउ परेका छन।
खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज गणेश बहादुर खुलाललाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ।
उक्त रकमसहित निजकै कार्यकक्षबाट मिति २०७९।०४।३१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्