- ३२ असार २०७९, शनिबार २३:२२
साउन १, काठमाडौं । कृष्ण हुमागाईं, काठमाडौंकाे पशुपतिनाथ मन्दिरमा साउन २ गतेदेखि साउन १० गते सम्म इतिहासमा पहिलोपटक अत्यन्तै दुर्लभ “अतिरुद्र महायज्ञ” अनुष्ठान हुने भएको छ ।
महायाेगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान तथा जगतगुरु श्री रामानन्दाचार्य सेवापीठद्वारा सनातन धर्मावलम्बीहरू र विश्वका कराेडाैँ हिन्दूकाे आस्था , विश्वास र आध्यात्मिक केन्द्र श्रीपशुपतिनाथ मन्दिर प्रागंणमा साउन २ गते देखि साउन १० गते सम्म पहिलोपटक अतिरूद्र अनुष्ठान हुन गईरहेकाे सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले जानकारी दिएको छ ।
जगतगुरू रामानन्दाचार्य स्वमी स्वयं उपस्थिति भई हुने अतिरूद्र महायज्ञमा विहान ६-१२ बजेसम्म पुजा अभिषेक र वेलुका ३-६ बजेसम्म सत्सङ्ग संचालन हुने छ ।
नेपाल लगायत समस्त जगतको सुख, शान्ति, ऐश्वर्य, समृद्धि साथै कल्याणार्थका लागि ऐतिहासिक पहिलो अभिषेकात्मक ’अतिरुद्र’ महायज्ञ २०७९ हुन गईरहेकाे आयाेजनकले जनाएकाे छ ।
सद्गुरुदेव अनंतश्रीविभूषित जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी रामकृष्णाचार्य महायोगी सिद्धबाबाज्यू को सत्सङ्कल्प अनुरुप एक वर्षिय वेदान्तदर्शन (तत्वत्रय , अर्थपञ्चक ) ज्ञान अनुष्ठान समापनको उपलक्ष्यमा समस्त जगतको सुख, शान्ति, ऐश्वर्य, समृद्धि साथै कल्याणार्थका लागि याे अत्यन्तै दुर्लभ अतिरुद्र महायज्ञ हुन गइरहेको छ ।
नेपालमा पहिलोपटक हुन गईरहेकाे महायज्ञमा सबै धर्मप्रेमी भक्तजनहरूलाई सहभागी भई भगवान शंकरको कृपा प्राप्त गरि आत्माकल्याणको निमित्त भागवत भक्तिमा अगाडी बढ्न सेवा पिठ परिवारले सबैलाई आवहन समेत गरेको छ ।











प्रतिकृया दिनुहोस्