- ३२ असार २०७९, शनिबार ०९:५३
असार ३२ गते, शनिबार, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो।
कम्पनीले असार २४ गतेदेखि २९ गते प्रतिकित्ता १०० अंकित दरका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सोमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरि बाँकी १३ लाख ९५ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।
सो शेयरमा कुल १४ लाख ५५ हजार ३८४ आवेदकले आवेदन दिएका थिए। जसमध्ये २ हजार ८११ आवेदन रद्द भएको छ भने बाँकी १४ लाख ५२ हजार ५७३ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ३९ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्