- २७ असार २०७९, सोमबार १६:२५
असार २७, काठमाडौं । समाजवादी निकटका बिद्यार्थीहरुले आज भिसी कार्यलय तोडफोड गरेका छन ।
सोमबार नेकपा समाजवादी विद्यार्थी संगठन आवद्ध विद्यार्थीहरुद्वारा बिश्वबिद्धालय उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हुन।
सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत ९ जना विद्यार्थी नेता कार्यकर्ता उपकुलपति बास्कोटालाई ज्ञापन पत्र बुझाउन गएका थिए । तर उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए।
विद्यार्थी नेता पराजुलिले भने ‘हामी उपकुलपतिज्यूलाई शैक्षिक बेतिथी रोक्न ज्ञापन पत्र बुझाउन गएका थियौं, गेटबाटै हामीलाई प्रहरी परिचानल गरी पक्राउ गरेपछि सामान्य तोडफोड भएको हो’। विद्यार्थीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् ।
अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताए ।











प्रतिकृया दिनुहोस्