- २६ असार २०७९, आईतवार १९:१९
असार २६, वीरगन्ज । प्राज्ञिक विद्यार्थी परिषद् वीरगन्ज नगरले दुई दिवसिय व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे छ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालकाे वीरगन्ज नगरकाे आयाेजनामा वीरगन्जका विभिन्न क्याम्पसमा स्नातक तह अध्ययनरत विद्यार्थीहरूकाे लागि दुई दिवसीय जीवन उपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम सम्पन्न गरेकाे हाे । 
अलग अलग कलेजबाट ५० जना भन्दा बढी विद्यार्थीहरू सहभागी भएकाे कार्यक्रममा आत्मजागरण, अनुभुती, सिर्जनात्मक साेचाई, समालाेचनात्मक साेचाई, सकारात्मक साेचाई, निर्णयलिने क्षमता, तनाव व्यवस्थापन, संवेग व्यवस्थापन,सकारात्मक साेचाई,राष्ट्रियता,संस्कृति दृष्टिकाेण, पुर्वयाेजना पुर्णयाेजना आदि विषयमा विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण नगर अध्यक्ष पल्लवी हर्लाल्काले विशेष प्रशिक्षण प्रदान गर्नु भएको थियोे ।
दुई दिन सम्म संचालन भएको कार्यक्रममा प्रहरी उपरीक्षक विशाल मल्ल, ठाकुराम क्याम्पसका प्रमुख उमेश चाैरसिया, सहायक क्याम्पस प्रमुख विरेन्द्र शाह पुर्व क्याम्पस प्रमुख ललन द्विवेदी,राष्ट्रिय सचिव घनश्याम नायक केन्द्रीय सदस्य शन्नी गुप्ता लगायत स्थानीय कार्यकर्ताहरूकाे उपस्थित रहेकाे थियाे।










प्रतिकृया दिनुहोस्