- ३० बैशाख २०७९, शुक्रबार १६:४१
बिहानको ठीक ७ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदान केन्द्रमा प्रवेश गरे। उनको मतदाता नामावली थियो भरतपुर महानगरपालिकाको वडा नम्बर १४ मा। उक्त वडाको नेपाल प्रहरी स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर सबैभन्दा पहिले उनैले भोट हालेका थिए।
प्रचण्डले करिब एक मिनेट खर्चिएर मतपत्रमा स्वस्थिक छाप लगाए। त्यसपछि कर्मचारीतर्फ हेर्दै उनले भने, ‘छाप त हानियो अब यसलाई पट्याउने कसरी हो?’
प्रचण्डले पट्याउन मेसो नपाएपछि नजिकै रहेका कर्मचारीले उनलाई पट्याउन सिकाइदिएका थिए।
प्रचण्डले मतपत्र अरूले पनि देख्नेगरी कर्मचारीलाई देखाएका थिए। नजिकै रहेकी मेयरकी उम्मेदवार रेनु दाहालले भनिन्–सब देख्ने भए।
एक जना पत्रकारले प्रश्न गरे-रूखमा पनि हाल्नुभयो त?
दाहालले जवाफ दिइन्–रूखमा पनि हाल्नुभ’छ के। त्यसपछि मतदान केन्द्रमा हाँसो छुट्यो।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्