- २१ बैशाख २०७९, बुधबार १५:५३
वैशाख २१, काठमाडौं । यति खेर स्थानीय तहकाे चुनावी माहाेल अत्यन्तै ताति रहेकाे छ र जनताको घरदैलोमा नेताहरू आफ्नाे एजेन्डा बाेकेर भाेट माग्न गइरहेका छन् । साेहि अबसरमा बुढानिलकण्ठ नगरपालिकामा नेपाल काङ्ग्रेसकाे तर्फबाट मेयरका लागि उम्मेदवारी दिएका विनाेद चालिसे यति खेर जनताको घर घरमा भाेट माग्नका लागि बिहान ६ बजे देखि पनि नखाई नखाई बेलुका ८ बजे सम्म हिडि रहनु भएको छ ।
बुढानिलकण्ठ नगरपालिकालाई सुन्दर, समुन्नत , सांस्कृतिक , पर्यटकिय र सम्मानित नगरकाे रूपमा विकास गर्नका लागि घरदैलो कार्यक्रम गरेकाे र यश अभियानमा हिडदा गाउँ टाेलकाे वास्तविक समस्या बुझन धेरै सहज भएको वताउने विनाेद चालिसेलाई यतिखेर स्थानीय देखि केन्द्रीय स्तरका नेताहरूकाे साथ पाइरहेका छन् ।
उनकाे घर दैलाे अभियानमा महामन्त्री गगन थापादेखि प्रवक्ता प्रकाश शरण महत सम्म पुगेका छन् । घरदैलो अभियानमा हिडने क्रममा आज प्रकाश शरण महत बुढानिलकण्ठ पुगेर चुनावी दाैडधुपमा हिडेका मेयर उप मेयर र वडा अध्यक्षकाे उम्मेदवारहरूलाई सम्मान गरि शुभकामना दिएका थिए ।










प्रतिकृया दिनुहोस्