- १७ बैशाख २०७९, शनिबार २२:०४
वैशाख १७,काठमाडौं । कृष्ण हुमागाई , प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षकहरूले चाणक्यकाे भूमिकामा काम गर्ने पर्ने निष्कर्ष निकालेकाे छ ।
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काठमाडौंकाे जर्सिङ पाैवामा आयोजना गरेकाे त्रिदिवसिय राष्ट्रिय शिक्षक वर्गमा शिक्षकले समाजमा चाणक्यकाे भूमिकामा कार्य गर्नु पर्ने निष्कर्ष निकालेकाे हाे ।
वैशाख १५, १६ र १७ सम्म संचालन भएको राष्ट्रिय शिक्षक वर्गमा देशभरबाट आएका शिक्षकहरूलाई विद्यार्थी परिषद्काे कार्यलाई समाजमा स्थायित्व र दुर्तगतिमा अगाडि बढाउन र देशकाे वर्तमान अवस्थाबाट नेपालकाे आफ्नाे माैलिक विचारलाई सबैकाे माझ पुर्याउन क्षेत्रमा कार्यरग सम्पुर्ण शिक्षहरूले एक “सर”काे रूपमा नभई एक असल गुरूकाे रूपमा काम गर्दै जसरी समाजमा गलत नेतृत्वलाई विस्थापित गरि विश्व विजेत सिकन्दरलाई राेक्नका लागि चाणक्यले सानाे ८ बर्षकाे बालक चन्द्रगुप्त माैर्यलाई लिएर एक महान राज बनाएका थिए । 
तीन दिन सम्म संचालन भएको राष्ट्रिय शिक्षक वर्गमा अलग अलग सत्रहरूमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष , उपाध्यक्ष , पुर्व अध्यक्षहरू, खुल्ला विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिलु बज्राचार्य , प्रा.डा.पुष्पराज बज्राचार्य , प्रा.डा केशवराज जाेसी, भारतकाे शिम्ला विश्वविद्यालयका प्रा.डा. नागेश ठाकुर , प्रा..डा रामजी गाैतम, परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल , सह संगठन सचिव, महासचिव लगायत देशकाे विभिन्न कलेज तथा विश्वविद्यालयमा अध्यापनरत प्राध्यामक एवम् शिक्षकहरूले नेपालकाे वर्तमान शैक्षिक अवस्था त्यसमा भएको ब्याप्त राजनीतिक हस्तक्षेप , भागबन्डा , वर्तमान समाजमकाे दिशा, नेपाली माैलिक संस्कार संस्कृति , पुर्वीया सभ्यता , विद्यार्थी परिषद्ले कलेज तथा विश्वविद्यालयमा गरिरहेकाे सकारात्मक कार्य लगायत आगामी दिनमा विद्यार्थी परिषद्काे कार्य र विचारलाई हरेक क्षेत्रमा पुर्याउन एक असल शिक्षककाे भूमिकाकाे विषयहरूमा प्रशिक्षण, बृहत् छलफल, बहस र अन्तरक्रिया गरिएको थियोे ।
साेही बहस, छलफल र अन्तक्रिर्या पश्चात् नेपालमा नेपालकाे धर्म माैलिक संस्कार , संस्कृति, पुर्वदर्शनमा आधारित शिक्षा पद्धतिको विकास गर्न देशमा ब्याप्त भ्रष्टाचार ,कुरिति, विकृति, राजनीतिक अराज गतिविधिलाई अत्यन्त गर्न र समाजमा र राष्ट्रकाे हरेक क्षेत्रमा एक असल , इमानदार , नैतिकवान,चरित्रवान व्यत्तिलाई स्थापित गर्नका लागि शिक्षा क्षेत्रलाई ठिक गर्नु पर्ने र त्यसकाे लागि हरेक शिक्षकले चाणक्यकाे भूमिकामा , भगवान श्रीकृष्णकाे भूमिकामा कार्य गर्दै चन्द्रगुप्त माैर्य जस्तै हजारौं नेतृत्व जन्माउनु पर्ने आवश्यक रहेकाे विद्यार्थी परिषद्ले निष्कर्ष निकालेकाे हाे । 
कार्यक्रममा परिषद्का राष्ट्रिय अध्यक्ष डा.गाेपीनाथ कंडेलले ” विश्ववकाे हरेक किसमकाे ठुला ठुला आन्दाेलन हाेस या परिवर्तन हाेस त्यसमा महत्त्वपूर्ण भूमिका शिक्षक तथा प्राध्यापकहरूकाे नै रहेकाे र नेपालकाे पनि २००७ साल देखिकाे अहिले सम्मकाे जति पनि परिवर्तन र आन्दोलनहरू भए ती सम्पूर्ण परिवर्तनमा शिक्षक र प्राध्याकहरूले साथ र सहयोग गरेकै कारणले भएको भन्दै पछिल्लो समय शिक्षक तथा प्राध्यापकहरू अलि राजनीति रूपमा पार्टिगत रूपमा एक पक्षिय र आयातित विचारकाे पछिडि लागेकाेले देश गलत दिशा तर्फ अगाडिको बढिरहेकाे छ । त्याे दिशालाई परिवर्तन गरि अब फेरि एक पटक देशकाे सम्पूर्ण शिक्षक र प्राध्यापकहरूले स्वतन्त्र रूपमा समाज र राष्ट्रलाई केन्द्र बिन्दुमा राखेर चाणक्य र भगवान श्रीकृष्णकाे भूमिकामा आफ्नाे कलेज तथा विश्वविद्यालयहरूमा कार्य गर्नका लागि आग्रह गर्दै तीन दिन सम्म संचालन भएको राष्ट्रिय शिक्षा वर्गकाे समापन गर्नु भएको थियोे ।










प्रतिकृया दिनुहोस्