- १४ बैशाख २०७९, बुधबार १६:३४
वैशाख १४,काठमाडौं । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा नेपाली कांग्रेस घरदैलो कार्यक्रममा जुटेको छ । चुनावको सिलसिलामा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ प्रदेश ख मा निर्वाचन समिति गठन भएको छ । निर्वाचन परिचालन समितिको संयोजकमा प्रदेश ख को सभापति रामप्रसाद लुइँटेलको नेतृत्वमा उपसभापति श्याम श्रेष्ठ, दितीय खत्री, सचिव मनोज सिग्देल, अम्बिका राना, कोषाध्यक्ष शर्मिला कार्की, सहसचिव मदनदास श्रेष्ठ रहेका छन् । परिचालन समितिमा सबै पदाधिकारीहरु रहनेगरी गठन गरिएको सचिव सिग्देलले बताएका छन् ।
त्यसैगरी प्रदेश सचिव एवं युवा नेता मनोज सिग्देलको संयोजकत्वमा ५०१ सदस्यीय प्रचारप्रसार समिति गठन भएको छ । लामो समयदेखि नेपाली कांग्रेसमा लागेका समाजसेवी, सम्भावना बोकेका युवा मनाेट नेता सिग्देलले कांग्रेसलाई विजयी बनाउन व्यापक प्रचारप्रसारमा लाग्ने बताएका छन् ।
बुढानिलकण्ठ नगरपालिकाकाे मेयर पदका लागि नेपाली काङ्ग्रेसबाट विनाेद चालिसेले उम्मेदवारी दर्ता गराए सँगै सचिव सिग्देलले सबै पदाधिकारी, सदस्यलाई समितिमा राखेर अभियानमा लाग्ने बताए ।
त्यसैगरी प्रदेश कोषाध्यक्ष शर्मिला कार्कीको संयोजकत्वमा आर्थिक समिति गठन भएको छ । चुनावी व्यवस्थापनका लागि आर्थिक समिति गठन भएको हाे । पदाधिकारीहरू र सदस्यहरूलाई निर्वाचनका लागि विभिन्न जिम्मेवारी दिइएको सचिव मनाेज सिग्देलले बताउनु भएको छ । 
सिग्देल बुढानिलकण्ठ नगरपालिकाकाे प्रभावशाली नेता र केन्द्रीय महामन्त्री गगन थापा निकट र गगन थापाकाे निर्वाचन क्षेत्रकाे विश्वाससिलाे पत्र हुन । साथै मेयर पदका उम्मेदवार विनाेद चालिसेकाे विश्वासिलाे पात्रकाे रूपमा विभिन्न सामाजिक कार्यहरूमा सँग सँगै काम गर्दै आइरहनु भएको छ ।










प्रतिकृया दिनुहोस्